मानव तस्करीबारे विद्यार्थीहरूलाई सचेतना

विज्ञापन

कालिझोडा खबरदाता, 7 मई/2017


डुवर्स एक्सप्रेसमेल, माल बजार माउन्टेरिङ पाउण्डेशन, अनि 41 एसएसबी रानीडगाका कार्यकर्ताहरूले मानव तस्करीबारे जनचेतना दिन कालीझोडादेखि कर्मठ बन बस्तीसम्म पैदल यात्रा गरेका छन्। इबोङ्ग आमरा संस्थाले उनीहरूलाई यो यात्राको चाँजो मिलाइदिएको हो।

मानव तस्करी अनि बाल शोषणको विरोधमा यी सङ्घ संस्थाहरूले विभिन्न ठाउँमा काम गरिरहेको छ। त्यसैको निरन्तरतास्वरुप यो पैदल यात्रा गरिएको सचिन छेत्रीले बताएका छन्।

आयोजक कमिटीको पक्षबाट जयन्त कासिङ्गाले भने अनुसार डुवर्स एक्सप्रेस मेलका संयोजक राजु नेपाली विशेष वक्ताको रूपमा आएका थिए। कालीझोडामा विभिन्न पाठशालाका विद्यार्थीहरूलाई लिएर  उनले  मानव तस्करीबारे अन्तरक्रिया

कर्मवासीलाई लिएर पनि यस्तै अन्तरक्रिया अनि कार्यशाला बेको इबोङ्ग संस्थाका सदस्य सृष्टि राईले बाताएकी छन्। सिलगढी कलेज, बागडुग्रा कलेज, इस्लाम्पूर कलेज लगायत डन्बस्को, हिमालयन स्कूलका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। माल बजार माउन्टेरिङ फाउण्डेशनका आशिष बर्मन, विकास लामा, विश्वजीत सरकार, प्रविर दास, रन्जना छेत्री, प्रदीप सिँहले पनि विद्यार्थीहरूलाई सम्बोधन गरे।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया