सबै मिलेर यो क्षेत्रलाई शान्ति राख्नुपर्छ-विनय तामाङ

कालेबुङ, 21 फरवरी: जीटीए बोर्डका अध्यक्ष एवं गोजमुमो अध्यक्ष विनय तामाङले आज 2013 को आन्दोलनको अवधि लागेको एउटा मुद्दामा कालेबुङ न्यायालयमा उपस्थिति दिए।  न्यायालयमा उपस्थिति दिएपछि उनले कालेबुङ नगरपालिकामा गएर नगर्षपार्षद्हरूसित बैठक गरे। कालेबुङ नगरपालिकामा विनय समुहको दखल भएपछि पहिलोचोटि उनले नगरपालिकाको भ्रमण गरेका हुन्। यस क्रममा उनले पत्रकारहरूसित कुराकानी गर्दै पहाडलाई शान्ति राखेर विकासको कामलाई ध्यान दिनुपर्ने बताए। उनले भने, ‘सबै मिलेर यो क्षेत्रलाई शान्ति राख्नुपर्छ। शान्ति सँगसँगै विकासको कामलाई ध्यान दिनुपर्छ।’

यस क्रममा उनले अझ जनाए अनुसार जीटीएले धेरैवटा विकासमूलक कार्यहरू गरिरहेको छ। अहिले भर्खरै धेरैवटा सडक एवं स्कूल निर्माणको निम्ति टेण्डर प्रक्रिया पनि भइरहेको छ। शिक्षकहरूले आन्दोलनकालको तीन महिनाको वेतन पाउने भएका छन्। कर्मचारीहरूले पनि दुई महिनाको वेतन पाउने भएको छ। वित्त मन्त्रालयबाट दार्जीलिङको ट्रेजरीमा पैसा समेत आइसकेको उनले बताए। उनले धेरैवटा सिस्टरमा सुधार ल्याउनुपर्ने बताए।

उनले दार्जीलिङ पहाडका शिक्षकहरूका समस्यालाई लिएर जीटीए गम्भिर रहेको जानकारी गराउँदै 20 जनवरीका दिन 429 जना शिक्षकहरूको नियुक्ति पनि आफूहरूले नै गराएको दावी गरे। ती शिक्षकहरू विभिन्न दलको रहेपनि आफूहरूले नियुक्ति प्रक्रियामा पक्षपात नगरेको बताए।

यसरी नै 7844 शिक्षकलाई पनि नियुक्ति दिने प्रक्रियाको निम्ति आफू प्रयासरत् रहेको पनि उनले बताए। यसमध्ये 137 सेकेण्डेरी शिक्षकहरूको लगभग 2 सप्ताहभित्र एप्रुभल आउने पनि उनले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares