सांसद अहलुवालियाको आश्वासनको भत्सर्ना: भाजपा र एसडीएफको गोप्य षडयन्त्रले सिक्किम-दार्जीलिड विलयको प्रसङ्ग अघि बढ्दै आएको छः काङ्ग्रेस

गान्तोक, 21 फरवरी।


सिक्किम-दार्जीलिङ एकिकरणको मुद्दाले अहिलै निक्कै ठूलो राजनैतिक माहौल तयार गर्ने तरखर गर्न थालेको छ। केही दिन अघि गोर्खा राष्ट्रिय काङ्ग्रेसले सिक्किम दार्जीलिङ एकिकरणबारे भाजपाका दार्जीलिङ लोक सभा सांसद एसएस अहलुवालियालाई ज्ञापन दिएपछि सांसदले पनि यो मुद्दालाई सदनमा उठान गर्ने आश्वासन दिएको बयान जारी भएपछि प्रतिक्रिया शुरु भएको छ। यसै प्रसङ्गलाई लिएर सिक्किम प्रदेश काङ्ग्रेस कमिटीका महासचिव पुण्य कोइरालाले एक प्रेस बयान जारी गरेर यो षडयन्त्र भाजपा र एसडीएफ सरकार मिलेर अघि बढाउँदै आएको गम्भीर आरोप लगाएका छन्।

उनले प्रेस बयानमा अहलुवालियाको आश्वासनलाई भत्सर्ना गर्दै घोर खण्डन गर्ने काङ्ग्रेसको निर्णय उल्लेख गरेका छन्। यसैगरि सांसद अलुहवालियाले सिक्किम भारतमा बिलय हुँदाको क्रममा भएको ८ मर्इ १९७३ त्रिपक्षीय सम्झौता र सिक्किमको विशेष संविधानको प्रावधान धारा ३७१(एफ) बारे राम्ररी अध्ययन गर्नु पर्ने काङ्ग्रेसले सुझाउ दिन्छ, भनेका छन्।

काङ्ग्रेसले सांसद अहलुवालियाले दार्जीलिडका जनताबाट मत प्राप्त गरेर सांसद बनेपछि दार्जीलिडवासीको माग, आकांक्षा र समस्याहरूबारे सदनमा उठाउन् तर सिक्किम-दार्जीलिड विलयको प्रसङ्ग झिकेर शान्तिमय राज्य सिक्किम र दार्जीलिड पहाडखण्डबिच भ्रम भ्रान्ति उत्पन्न गरार्इ बिथोल्ने प्रयास गर्न उचित होइन भन्ने काङ्ग्रेसको धारणा पनि अघि सारेका छन्।

काङ्ग्रेसले सिक्किमलाई खतरामा पार्ने काम केन्द्रको सत्तारूढ भाजपा र सिक्किमको सत्तारूढ दल एसडीएफको मिलिभगत हुँदै आएको आरोप लगाएका छन्। उनले भनेका छन्, भाजपा र एसडीएफकै कारण सिक्किम दिनदिनै खतरामा पर्ने सम्भावना बढिरहेको सिक्किम प्रदेश काङ्ग्रेसले ठहर गरेको छ। मुख्यमन्त्री पवन चामलिडले सिक्किमलार्इ बाहिरबाट मास्ने षडयन्त्र हुँदैछ भन्ने वक्तव्य दिएका थिए त्यसलाई पनि प्रदेश काङ्ग्रेसले भत्सर्ना गरेको छ। महासचिव कोइरालाले भनेका छन्, मुख्यमन्त्रीले भाजपा सांसदको वक्तव्यप्रति कुनै आपत्ति र विरोध जनाउन नसक्नु अनि आफै बाहिरी शक्तिलार्इ दोषारोपण गर्नु भ्रामक विषय हो।

काङ्ग्रेसले आरोप लगाउँदै भनेको छ, एसडीएफ सरकारले हालसम्म बाहिरी शक्ति र व्यक्तिहरूलार्इ नै प्रश्रय दिँदै आएको कतै लुकेको छैन। यस क्रममा २०१५ मा दार्जीलिडका नेता विमल गुरूडलार्इ बोलाएर सरकारी निवासमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नु अनि गए साल भरत दोडको अगुवार्इमा दार्जीलिड सिक्किम विलयलार्इ लिएर दार्जीलिडदेखि गान्तोकसम्म पद यात्रा गर्ने अनुमति दिनुले मुख्यमन्त्री सिक्किमप्रति खासै इमान्दार छैनन् भन्ने स्वतः प्रमाणित हुँदछ, काङ्ग्रेसले दावी गरेको छ।

भाजपा नेताले सिक्किम दार्जीलिड विलय गराउने विषय लोकसभामा उठान गर्ने आश्वासन दिँदा पनि एसडीएफ पार्टी र सरकार मौन रहेकोले मुख्यमन्त्री चामलिडको वक्तव्यमा पतेर मान्न नसकिने सिक्किम प्रदेश काङ्ग्रेसले ठहर गरेको बताइएको छ। एसडीएफ पार्टी र सरकार यदि सिक्किमप्रति इमान्दार र सुरक्षाप्रति चिन्तित छ भने एसडीएफले एनडीए गठबन्धनबाट राजीनामा दिएर स्पष्ट लाइन तय गर्न प्रदेश काङ्ग्रेसले माग गरेको छ। महासचिव कोइरालाले थप भनेका छन्, भाजपा र एसडीएफको गोप्य षडयन्त्रले सिक्किम-दार्जीलिड विलयको प्रसङ्ग अघि बढदै आएको छ अनि जबसम्म एनडीएको पक्षधर रहेर गठबन्धनमा रहन्छ भने एसडीएफ सरकारको भरोसा र विश्वास रहन सक्दैन।

त्यसर्थ, सिक्किमलार्इ बाहिरबाट मास्ने षडयन्त्र हुँदैछ भन्ने मुख्यमन्त्री चामलिडको वक्तव्य हाँस्यपद छ। विगत २५ वर्षदेखि राज्यको शासनमा विराजमान भएर शासन चलाँउदै आउने दल र सरकारको कमजोरीपनले नै सिक्किम बर्बाद र असुरक्षित बन्दै गएको काङ्ग्रेसले आरोप लगाएको छ।

तर जनतामा भ्रमभ्रान्ति उत्पन्न गराउने वक्तव्य मुख्यमन्त्रीले रोक्नु पर्छ, काङ्ग्रेसले सुझाव राखेको छ। यसैगरी सांसद अहलुवालियामाथि प्रहार गर्दै काङ्ग्रेसले भनेको छ, भाजपाले दार्जीलिङका जनताको समर्थन प्राप्त गरेका सांसद अलुहवालियाले दार्जीलिङका जनतामाथि भएको अन्याय र अत्याचार सम्बन्धी सदनमा एक शब्द उठाउनु नसक्नु अनि जनतालार्इ दिएको वचनलार्इ टुङ्गो नगर्ने व्यक्तिले यसप्रकारको वक्तव्य दिनु भ्रामक कुरा मात्र हो। प्रदेश काङ्ग्रेसले यस विषयलार्इ गहन रूपमा लिएको पनि बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया