मङ्ग्रातीलाई पक्राउ गर्न डेपुटेशनः अधिकारीले मागे दुइ दिन समय

निर्माण थापा, खरसाङ, 7 मई/2017


हिल तृणमूल काङ्ग्रेसका नेता कुन्दन मङ्ग्रातीको पक्राउको मागमा आज गोर्खा जनमुक्ति नारी मोर्चा खरसाङ महकुमा समितिद्वारा खरसाङ महकुमा शासकलाई डेपुटेशन दिइएको छ।

केही दिन अघि हिल तृणमूल नेता मग्रान्तीले वार्ड नम्बर 3 कटलेरीकी सपना थापालाई मोर्चा सभासद् योगेन्द्र राईमाथि दुर्व्यवहार गर्न खोजेको भन्दै थानामा प्राथमिकी दर्ता गर्ने औ यदि यसो गरेमा 2 लाख रुपियाँ र उनको श्रीमानको अस्थायी नोकरी स्थायी गरिने प्रलोभन देखाएको आरोपमा थानामा प्राथमिकी दर्ता भएको थियो।

यसैलाई लिएर मोर्चाका नेरा कार्यकर्ताहरूले मङ्ग्रातीलाई पक्राउ गर्ने माग गर्दै महकुमा शासकलाई डेपुटेशन दिएका हुन्।

नारी मोर्चा खरसाङ महकुमा समिति अध्यक्षा एंव जीटीएका मनोनित सदस्य सावित्री छेत्री र कार्यकारी सभासद प्रभा छेत्रीको अगुवाईमा गएका ६०, ७० जना नारी मोर्चाका सदस्यहहरू महुमा शासक अघि कार्वाहीको माग लिएर पुगेका थिए।

यता खरसाङका महकुमा शासकले देवाशीष चट्टोपाध्यायले पक्राउ गर्न दुइ दिन समय मागेको  मोर्चाको नारी कार्यकर्ताहरूले बताएका छन्। उनीहरूले दुइ दिनमा पक्राउ नगरे हड्ताल गुरू गर्ने चेतावनी पनि दिएका छन्।

मङ्ग्राती विरुद्ध थानामा प्राथमिकी दर्ता गरेपछि सपना थापाले भनेकी थिइन्, ‘मैले उनको यो प्रलोभनलाई सोझै अस्वीकार गरेँ। मलाई सभासद् योगेन्द्र राईले केही गरेकै छैन भने म किन उनीविरुद्ध झूटो आरोप लगाएर प्राथमिकी दर्ता गरूँ?’’

उनले मङ्ग्रातीलाई पक्राउ नगरिए थाना परिसरमा भोक हड़ताल गर्नेसमेत चेताउनी दिएकी थिइन्।

तृणमूल कङ्ग्रेस नेता कुन्दन मग्रान्तीले आफूले कसैलाई पनि कुनै प्रकारको प्रलोभन र कसैमाथि झूटो अभियोग दर्ता गर्न नलगाएको तर जनाधार खस्किँदै गएको मोर्चाले जनताको सहनुभूति पाउन यस प्रकार झूटो आरोप आफूमाथि लगाएर थानामा प्राथमिकी दर्ता गरी नौटङ्की गरिरहेको बताएका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन