खरसाङमा च्यातियो मोर्चाको पोष्टर

विज्ञापन

निर्माण थापा, खरसाङ, 7 मई/2017


खरसाङमा गोर्खा जनमुक्ति मोर्चाको ‘बङ्गाल बनाम गोर्खाल्याण्ड’ लेखिएको पोष्टर च्यातिएको छ। मोर्चाले लगाएको आरोप अनुसार पोष्टर प्रशासनले च्यातेको हो। खरसाङ बजार अन्तर्गत पङ्खाबारी रोड क्षेत्रमा मोर्चाको पोष्टर प्रशासनले च्यातेको भन्दै गोजमुमो खरसाङ टाउन अध्यक्ष एंव सभासद योगेन्द्र राईले पत्रकारहरूसित भने,  ‘यसपालीको नगरपालिका चुनावमा बङ्गाल बनाम गोर्खाल्याण्ड भनी लेखिएकोले नै प्रशासनले हाम्रो पोष्टर च्यातिदिएको हो। तर संविधानले दिएको अधिकार अनुसार हामीले हाम्रो भाषा, संस्कृति, भेषभूषा अनुसार छुट्टै राज्यको माग गर्न सक्छौँ।’

उनले चुनाव निरक्षणकर्ताले कुनै पोष्टरहरु च्यातिदिएकोमा अचम्म लागेको बताए। ‘प्रशासन लगाएर पोष्टर च्यात्दैमा चुनाउ जित्ने सपना कसैले नदेखे हुन्छ,’ उनले भने, ‘हिल तृणमूल नेता बिन्नी शर्माले मोर्चाको पोष्टरमा बङ्गाल बनाम गोर्खाल्याण्ड लेखिएकोले प्रशासनमा नालिस गरेकोले नै हाम्रो पोष्टरहरू च्यातिएको हो। जस्तै उपाय लगाए पनि यसपल्ट मोर्चा कै जित निश्चित छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया