श्रीदेवीको मृत्यु हृदयघातबाट होइन होटलको बाथ टबमा डुबेर : पोस्टमार्टम रिपोर्ट यही बताएको दुबई पुलिसको दाबी

नयाँ दिल्ली, 26 फरवरी


बलिउड स्टार श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथ टबमा दुर्घटनावश डुबेर भएको भन्ने नयाँ तथ्य बाहिर आएको छ। दुबई पुलिसका अनुसार पोस्टमार्टम रिपोर्टले यही बताएको छ। एउटा विवाह समारोहमा सहभागी हुन स-परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो । पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।

संयुक्त अरब एमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको विवरणमा उनको मृत्युको कारणलाई ‘दुर्घटनावश डुबेर’ भनेको छ । यसभन्दा अघि उनको निधन हृदयघातबाट भएको बताइएको थियो ।

अहिलेसम्म पनि श्रीदेवीको पार्थिव शरीर भारत आइपुगेको छैन । पोस्टमार्टम रिपोर्ट तथा अन्य औपचारिकतापछि मात्रै उनको शव भारत ल्याइनेछ ।

५४ वर्षीय श्रीदेवीले पाँच दशकसम्म चलेको करिअरमा करिब ३ सय वटा फिल्ममा अभिनय गरेकी छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो करिअर केबल चार वर्षको उमेरमा सुरु गरेकी थिइन् । उनले त्यो बेला एक तमिल फिल्म कन्धन करुणईबाट अभिनय यात्रा थालेकी थिइन् ।

८० को दशकलाई हिन्दी फिल्मकी हिरोइनका रुपमा श्रीदेवीको दशक भनिएको थियो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी थिइन् ।

जीतेन्द्र र श्रीदेवीले मिलेर एक पछि अर्को सुपरहिट जस्तै हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता फिल्म दिएका थिए । सन् २०१७ मा श्रीदेवीको फिल्म ‘मम’ रिलीज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय खेलिन्, ‘मम’ उनको ३०० औँ फिल्म थियो । फिल्ममा उनको योगदानका लागि श्रीदेवीलाई ‘पद्मश्री’ बाट सम्मानित गरिएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया