सचेतना कार्यक्रम

मिरिक, 27 फरवरी


पश्चिम बङ्गाल सरकार सूचना एवं साँस्कृतिक विभागद्वारा लाेक प्रसार प्रकल्प अन्तर्गत मिरिकका ए समूहका कलाकारहरूले सचेतना कार्यक्रम  गऱ्यो। कार्यक्रममा सडक नाटक सचेत रहाैँ पनि प्रस्तुत गरियाे। नाटककाे माध्यमद्वरा,गर्भवती महिलाहरूकाे देखरेख,मलेरिया राेगबारे सचेतना अनि शिशुहरूकाे मासिक टीकाकरणबारे सचेतना गरियाे।

विभागीय अधिकारी फुर्व छिरीङ शेर्पाकाे उपस्थितिमा भएकाे कार्यक्रममा कलाकारहरू प्रवीण सुनार,राजु सुब्बा,राजेस गहतराज,नमिन लामा,अम्बिका तामाङ,सारदा तामाङ,साेनिया गजमेर, अनि राजमान दर्जी अादिले कार्यक्रम प्रस्तुत गरे। कलाकार राजु सुब्बाले यसप्रकारकाे सचेतना कार्यक्रम प्रत्येक ठाँउमा भइरहेकाे बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया