बनियो बाटो, रमाए गाउँले

रिमल मोक्तान, पेशोक-लप्चु, 27 फवरी


अन्ततः लामाहट्टा-तक्दाह लाई जोड्ने लिङ्क रोडको मरम्मति कार्य सिद्धिए पछि सबैले राहतको श्वास फेरेको अस्थायी रुपमा गठन गरिएको सड्क देखरेख समितिका सचिव के के राईले दिएका छन्। सचिव राईले भने, हाल सड्क मरमती कार्य सिद्धिएको छ अनि उक्त बाटोमा  गत २३ फरवरीदेखि यातायात परिसेवा बहाल भएको छ।

क्षेत्रवासी, चालकवर्ग, साना-ठुला गाडीका चालकवर्ग, व्यपारीवर्ग, विभिन्न कार्यालयका कर्मचारीवर्ग,शिक्षक शिक्षिकावर्ग आदिले राहतको श्वास लिएको उनले बताएका छन्। निक्कै लामो समयदेखि उक्त मार्गको अवस्था जीर्ण रहेको थियो भने सो मार्गको मरम्मतिको निम्ति सम्बन्धित विभागलाई गुहार लगाईए तापनि मरम्मति नभएको कारण गावँवासीले श्रमदान अनि अर्थदानले बाटो बनाइएको राईले बताए।

तक्दाह ग्लेनबर्न, सिङ्ग्रिताम, तक्दाह, मानेडाँडा लप्चु अनि लामाहट्टा आदिको जीवन रेखा मानिएको उक्त लिङ्क रोडको मरम्मति अवधि यातायात सेवा बन्द गरिएको थियो। उनले जिटिए बिओएलाई उक्त मार्गको मरम्मतिबारे पहल गरिदिने माग गरेका छन्।

सचिव राईले विशेष गरेर पाईन हेवन रिसिट्का मालिक, पेशोक तक्दाहका नीजि पिक अप गाडीका मालिकवर्गहरु, ग्राम पञ्चायत कर्मचारीवर्ग, लामाहट्टा एसबीआई सिएसपी कर्मचारीवर्ग, दोकानदार अनि शुभचिन्तक आदिप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया