आदर्श सेवा समाजले झुन्डायो रोड छेउ डस्टबिन

सन्जय निरौला, बिजनबारी 27 फरवरी


व्यक्तिगतदेखि परिवार हुँदै समाज तथा गाउँलाई सफा र सुन्दर राख्ने उद्देश्यलाई आत्मसात गर्दै आदर्श सेवा समाज अप्पर रेलिङले आफ्नो पचासौ बर्षगाँठको उपलक्ष्यमा स्वच्छ भारत अभियानमाथि जनजागरूता कार्यक्रम थालेको छ।

कार्यक्रममा प्रहिलो चरणमा रेलिङदेखि गुम्बाटार हुँदै  सिँहलिला राष्ट्रीय आरण्यको टङ्लु रोडमा लगभग पचासवटा भन्दा धेर टिनदारा निर्मित कुडादानी (डस्बिन) लगाएको छ भने ठाउँ ठाउँमा जागरुक फैलाउने ब्यानरहरु लगाएको संस्थाका सदस्य सञ्जिव गुरुङले बताएका छन्। साथ -साथै पर्यावरण संरक्षणको निम्ति अझ आउँदो दिनहरूमा रूख -पात रोपन कार्यक्रम गर्ने भएको उनले बताएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया