यौन शोषणको विरोधमा नाम्ची र गान्तोकका विद्यार्थीहरूद्वारा प्रदर्शन

नाम्ची, 28 फरवरी


गान्तोक र नाम्चीका विद्यार्थीहरूले विरोध ऱ्याली निकाले। विशेष गरेर नाम्ची महाविद्यालय, तादोङ महाविद्यालय सिक्किम विश्वविद्यालयका विद्यार्थीहरू समावेश भएर गत १७ तारिख बिहारको एकलव्य सुपर ५० इन्च्टिट्युटमा सिक्किम कि एक छात्रामाथि भएको यौन शोषणको विरोध गर्दै सिक्किमका विद्यार्थीहरूले विरोध ऱ्याली निकालेका हुन्।

नाम्ची महाविद्यालयको गेटबाट सुरु भएको यो ऱ्याली नाम्ची बजार हुँदै सेन्ट्रल पार्कमा आएर समाप्त भएको थियो। विद्यार्थी परिषदका सदस्यहरू साथै विद्यार्थीहरूको बाक्लो भीड भएको यस ऱ्यालीको मुख्य उद्देश्य यौन शोषणको विरोध रहेको थियो।

यसरी नै गान्तोकमा तादोङ महाविद्यालयबाट सुरु भएको अर्को ऱ्याली गान्तोकको विभिन्न ठाउँमा गरिएको थियो जसमा विशेष तादोङ महाविद्यालय र सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

‘घटना भएको दस दिन बितिसक्दा पनि अपराधीले कुनै क सजाय नपाएको र पीडितले न्याय नपाएपछि ऱ्याली गरेका हौं। यसमा कुनै पनि राजनीतिक दलको सहभागिता रहेको छैन र पछि गएर कुनै पनि राजनीतिक दलले यसमाथि हस्तक्षेप गर्नु पाउने छैनन्,’ नाम्ची महाविद्यालय विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष रोहितकुमार शर्माले भने।

गत १७ तारिख बिहारमा आईएरएस अफिसर राम बाबू गुप्तले सिक्किम कि एकजना छात्रासित यौन शोषण गरेको घटना सार्वजनिक भएको थियो। घटनाको दस दिन बितिसक्दा पनि कुनै कडा कानुनी कारबाही नभएको भनेर सिक्किम प्रोग्रेसिभ युथ फोरमले राज्यस्तरमा विरोध प्रदर्शन गर्दै ऱ्याली गरेको थियो।

‘अपराधीले कडा भन्दा कडा सजाय पाउनुपर्छ र पीडित साथै अन्य विद्यार्थीले बलियो सुरक्षाको साथ स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइपर्छ। राज्य सरकार र प्रशासनले चाँडोभन्दा चाँडो यस्तो व्यवस्था गर्नुपर्छ,’ विद्यार्थीहरूले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया