आम मानिसका गायक पुष्पणको आमगीतले बजार पिट्दै (भिडियोसितै)

डुवर्स, 28 फरवरी


अहिले दार्जीलिङमा एउटा आम मानिसको गीत भाइरल छ। अडियो-भिडियो दुवै भाइरल बनेको त्यो गीत पुष्पण प्रधानको ‘कसरी भन्नु ठूल्दाजु’ हो।

पुष्कर पराजुलीको गीत-सङ्गीत रहेको अनि पुष्पण प्रधानको गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा केही दिन अघि विमोचन भएको हो। सोही एल्बमको एउटा गीतको अडियोभिडियो पनि सार्वजनिक भइसकेको छ।

विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको इन्दुरे मिन्दुरे एल्बममा ६ गीत समावेश छन् । ६ वटै गीतमा शब्द र सङ्गीत पुष्कर पराजुलीको रहेको छ। ‘देशका बेरोजगार युवाको पेन्डुलमको अवस्थालाई चित्रित गर्ने हिसाबले एल्बमको नाम जुराएको हुँ,’ एल्बम सार्वजनिक बोल्दै गीतकार तथा सङ्गीतकार पराजुलीले भनेका थिए।

एल्बमभित्र ‘आठ बजे’ , ‘डम्पिङ ग्राउन्ड’, ‘झमझम रसिया’ , ‘चिमुसी चि’ र ‘इन्दुरे मिन्दुरे’ बोलका गीत समावेश  छन्।
‘हामीले यसपल्ट साधारण मानिसका कथा भन्ने प्रयास गरेका छौं,’ पुष्पण प्रधानले भने, ‘एल्बममा समावेश गीत जीवनीपरक बनाउने प्रयास गरेका छौं। म गायक होइन गीताङगे हुँ । बाँच्नका लागि जस्तोसुकै गीत गाउनुपर्ने बाध्यता रहे पनि फरक धारको गीत गाउन मनपर्छ। समाजको वास्तविक चरित्र देखाउन यी गीतहरू कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु।  सामान्य जीवन बाँच्नेको कथा कस्तो हुन्छ र  उसले देशका लागि के गर्न सक्छ  यसको उत्तरका  लागि पनि यस एल्बमका गीत सुन्न जरुरी छ।’

‘जिन्दगी रक्स’मा एउटा गीतमा सङ्गीत दिएका पुष्पणले निर्माणको अन्तिम चरणमा रहेको ‘समरलभ’मा एकल सङ्गीत दिएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया