प्रतिबन्धित एबीएन अब नयाँ अवतारमा

सिलगढी, 28 फरवरी


बङ्गाल सरकारद्वारा आन्दोलनकालमा प्रतिबन्धित एबीएन नेटवर्क फेरि दर्शकहरू सामु नयाँ अवतारमा आउन लागेको छ। मङ्गलवार सिक्किमको राजधानी गान्तोकमा एउटा औपचारिक कार्यक्रममाझ एबीएन टीभी फिल्म्स् र मिडिया हाउसको उद्घाटन भएको छ। भारतकै एक मात्र स्याटलाइट च्यानल अहिलेलाई प्रोडक्सन हाउसको रूपमा चल्नेछ।

गोर्खाल्याण्ड आन्दोलन चरममा चलिरहेको बेला बङ्गाल सरकारको भक्तिनगर थाना अधिकारीहरूले २२ जुलाईको दिन सेभोक रोडस्थित एबीएन कार्यालयमा सिल लगाएको थियो अनि एबीएन कर्तृपक्षलाई केरकार गरेको थियो। एबीएनमाथि गोर्खाल्याण्ड आन्दोलनमाथि भड़काउ सामग्रीहरू प्रसारित गरेको लगायत केही मुद्दा लगाइएको थियो।

एबीएन नेटवर्कको नयाँ अवतार एबीएन टीभी सहित आर्को मोशन पिक्चर्स-को प्रसारण चाँड़ै शुरू हुने जनाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया