अलविदा श्रीदेवी

शनिबार दुबईमा निधन भएको हिन्दी  चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार  मुम्बईमा गरियो।  विले पार्ले श्मशानमा श्रीदेवी पञ्चतत्वमा बिलिन् भइन्। उनका पति बोनी कपूर मुखाग्नि दिए। श्रीदेवीलाई दुलहीजस्तो जसाइएको थियो। चर्चित हस्तीहरू उनको अन्तिम दर्शनको निम्ति  सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए। सेतो फूलहरू सजाइएको ट्रकमा राखेर उनलाई विले पार्ले श्मशानघाटमा पुऱ्याइएको थियो।  ट्रकमा बोनी कपूर, अर्जुन कपूर अनि छोरी बेटी जाह्नवी उपस्थित थिए। अपराह्न २ बजेबाट भने शवयात्रा सुरु भएको थियो।

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिक शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो। मृत्यु स्वभाविक रुपमा भएको होइन भन्दै भारतीय एवम् अन्तर्राष्ट्रिय सञ्चारजगतमा नै आशङ्कासहितका समाचार प्रकाशन प्रशारण भएपछि उनको शव परिवारजनलाई जिम्मा लगाउन नै दुबई अस्पताल र प्रहरीले ढिला गरेको बताइएको थियो।

सोमबार दुबई सरकारले श्रीदेवीको मृत्यु दुर्घटनावस ‘वाथ टब’मा डुबेर भएको जानकारी गराएको छ। उनको पार्थिक शरीरलाई मुम्बई ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरुलगायत उनका शुभचिन्तकहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए। भारतीय चलचित्रजगत बलिउडका अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उनलाई श्रद्धाञ्जलि दिए।  उनका शव राखिएको स्थानमा सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान  पुगेका थिए।
त्यसैगरी श्रद्धाञ्जलि दिनका लागि आफ्ना श्रीमानको साथमा चर्चित नायिका माधुरी दीक्षित पनि सुरुमै त्यहाँ पुगेकी थिइन्।
त्यस्तै सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, प्रेम चोपडा, आफ्नी छोरी इशा देओलका साथमा अभिनेत्री हेमा मालिनीलगायत सयाैं कलाकर्मी रुपकी रानी श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पण गरे। श्रीदेवी भारतको चाैथाे उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन्।
तस्बिर स्राेत : हिन्दुस्तान टाइम्स
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया