शान्ता छेत्रीले अनित थापालाई भनिन्,- चुनाउ परिणामले दिनेछ जवाब

विज्ञापन

निर्माण थापा, खरसाङ 7 मई/2017


आइतबार खरसाङमा भएको गोजमुमोको जनसभामा मोर्चा नेता एंव जीटीएका कार्यकारी सभासद अनित थापाले नगरपालिका चुनावपछि शान्ता छेत्रीलाई बक्सामा हालेर खेदाउने भनेर दिएको मन्तव्यमाथि महिला तृणमूलले प्रतिक्रिया गरेको छ।

आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा भएको महिला तृणमूलको‌ सभामा सभासद अनित थापाको उक्त भनाईलाई खण्डन गरिएको हो।

सभामा महिला तृणमूल कार्यकर्ताहरूले सभासद् थापाले ‘शान्ता छेत्रीको मात्रै होइन महिला तृणमूल सबैको लागि बक्सा बनाउनु सक्नुपर्छ, नत्र ठूलो खाडल खनेर देखाउनुपर्छ’ भनी चुनौती दिएका छन्‌।

सभापछि पूर्व विधायिका एंव वार्ड नम्बर ७ को तृणमूल प्रार्थी शान्ता छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद अनित थापाको भनाईलाई कडा शब्दमा खण्डन गरिन्।

‘तिनले मलाई बक्सामा हाल्छ भने अहिले नै हालुन्,’ उनले भनिन्,  ‘किन भोट सकेर मात्रै हाल्ने? मलाई पक्का बक्सामा हाल्नु सक्छ भने म आफै मेरो नाप दिन्छु। मेरो उँचाई ५ फीट ३ इन्च छ। थापाले यही नापमाबक्सा तयार पारुन्।’

उनले एउटा गोर्खेले गोर्खे चेलीलाई यसरी बक्सामा हाल्छु भन्नु दुर्भाग्यपूर्ण रहेको बताइन्।

‘मेरो पति अस्पतालमा २६ दिन हुँदा पनि त्यसताक मोर्चाले घेराउ गरेर तनाव दिएको थियो,’ उनले अझ भनिन्,  ‘तनावपूर्ण स्थितिमा नै मेरो पति मरेको हो। पतिको लास पनि मोर्चाकै कारणले घरमा ल्याउन पाइनँ।’

थापालाई यसको जवाब चुनाउ परिणामले नै दिने पनि उनले बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया