इन्डो-चाइना सिमालाई लिएर बैठक गर्न गृहमन्त्री सिक्किम आउने

विज्ञापन

दिल्ली, 7 मई/2017


केन्द्रिय गृहमन्त्री राजनाथ सिंह विभिन्न राज्यका मन्त्रीहरूसित उच्चस्तरीय बैठक गर्न सिक्किम आउने भएका छन्। गृहमन्त्रालय सूत्रबाट थाहा लागे अनुसार 21 देखि 24 मईसम्म उनको सिक्किम भ्रमण रहनेछ। उनीसित राज्यमन्त्री किरण रिजुजु अनि हंशराज अहिर पनि साथमा हुनेछन्।

गृहमन्त्री राजनाथसिंहले सिक्किममा इन्डो-चाइना सिमासम्बन्धमा विभिन्न राज्यका मुख्यमन्त्रीहरूसित बैठक गर्नेछन्। वैठकमा हिमाचल प्रदेश, अरुणाचल प्रदेश उत्तरखण्डका मुख्यमन्त्रीहरूसितै सिक्किममा मुख्यमन्त्री पवनकुमार चाम्लिङ पनि उपस्थित हुनेछन्। बताइए अनुसार, गृहमन्त्री इन्डो-चाइना सिमासम्म पनि पुग्नेछन् अनि त्यहाँ सेनाधिकारीहरूसित पनि बातचित गर्नेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया