फोहोर प्रबन्धनबारे बहस

सजन शर्मा, सोनादा, 4 मार्च


सोनादा प्रहरी चोकको पहलमा एउटा आम सभा सम्पन्न भएको छ I  थाना प्रभारी अशोक छेत्रीको अगुवाइमा भएको सभामा स्वच्छता अभियानमाथि छलफल गरियो I  अप्पर जनसन हट्टा भएर दोरङ्गा हट्टा हुँदै डाँडा गाउँबीच बाटै बहने झोडामा फोहोर थुप्रिएकोले गाउँवासी मात्र नभएर सम्पूर्ण सर्वसाधरणले  ठूलो सम्स्याको सम्मुखिन हनु परेकोबारे उनीहरूले छलफल गरे।

तीन वटा गाउँ भएर बग्ने यो एक मात्र झोड़ा रहेको छ I दिन दिनै गाउँ बाक्लो हुँदै गइरहेको  अनि सोनादा हाई स्कुल र होली क्रस स्कुल लगायतका  स्कुल कलेजका कतिपय विद्यार्थीहरु पनि अहिले घरि यहीँ गाउँमा रेन्ट वा पेइङगेस्ट बस्ने गरिरहेका छन्I

गाउँ बाक्लो भएकोले फोहोर मैला पनि धेरै हुने गरेको छ। फोहोर फाल्ने नाला (झोड़ा) बाहेक अर्को कुनै विकल्प नभएकोले पनि झोड़ा मै घरको फोहोर मैला फाल्ने गरिएको छ। बाक्लो तर झोड़ा सानो भएकोले पनि झोड़ामा फोहोर थुप्रिएर बाहिर बग्ने गरेको छ।

गाउँवासी फोहोर व्यवस्थापनसँग खासै सचेत नभएकोले पनि यस्तो भएको बताइन्छ I वर्षा याम अघिनै झोड़ाको यस्तो अवस्था चिन्ताको बिषय बन्न पुगेको छ। सोही कुरालाई। ध्यानमा राखेर सोनादा थाना प्रभारी अशोक छेत्रीले सो सभा डाकेका हुन् ।

सभामा  दुइटै गाउँका बासिन्दाहलाई निम्तो भएको भएपनि मात्र दोरङ्गा हट्टाका बासिन्दाहरुको उपस्थिति रहेको थियोI आफु एउटा थानामा मात्र दुइ वर्षको लागि सरुवा भएको भन्दै गाउँको सर्वाङ्गीन विकास पनि भएको हेर्न चाहेको बताए।

केहि दिनमा अमर ज्योति र डाँड़ा गाउँ समाजको पदाधिकारीहरुलाई थाना मै डाकेर एउटा सभा गर्ने भएका छन् I जुन सभामा दुवै समाजलाई समेटेर एउटा कमिटी गठन गर्ने जसले गाउँको सर-सफाई र अन्य नैतिक बिषयहरुमा काम गर्नसकोस् भन्ने जानकारी समीर छेत्रीले दिएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares