3 पनि बनिन्छ बाहुबली?

 मुम्बई, 8 मई/2017


बाहुबली-3 बनिनेछैन। बाहुबली -2 -को अपार सफलतापछि यसको तेस्रो भाग पनि बनिने सम्भावना उज्यालिएको थियो। सबैभन्दा बढ़ी बाहुबलीका फ्यानहरूले यसको तेस्रो भाग पनि चाँड़ै बनिने लख काटिरहेका थिए। फिल्मका निर्देशक एस. एस. राजमौलीले पनि एउटा मीडिया इन्टरभ्यूमा तेस्रो भाग बनाउन सकिने सम्भावनालाई खुल्ला राखेपछि बाहुबली -3 –को अनुमान चुलिनथालेको हो। तर बाहुबलीका लेखक तथा निर्देशक राजामौलीका पिता के.भी. विजयेन्द्रले बाहुबली-3 बनाउन असम्भव रहेको स्पष्ट पारेका छन् एक इन्टरभ्यूमा विजयेन्द्रले भने, बाहुबलीको कथा दोस्रो पार्टमा नै सकिसकेको छ। र, यसलाई जबर्जस्ती तन्काइने छैन।

यद्यपि कमिक या टीभी शृङ्खलामार्फत् यो अभियान जारी राखिनेछ। यो खबरले बाहुबलीका फ्यानहरू निराश बनेका छन् तर चाँड़ै बाहुबलीमाथि बनिने टीभी धारावाहिक दर्शकहरूले हेर्न पाउनेछन्। खबरअनुसार बाहुबलीमाथि बनिने यो टीभी शो डेली सोप होइन तर सिजन फर्मटमा प्रसारित हुनेछ, जसमा एक सिजनमा 1-15 एपिसोड देखाइनेछ। यो सीरीज आउँदो वर्षसम्म प्रसारित हुनसक्छ। बाहुबलीको यो सिरीजलाई फिल्मका निर्माता शोभु यारलगड्डाले बनाउनेछन्। यो कुरालाई एसएस राजामौलीले फिल्मको प्रमोशनअवधि उल्लेख गरेका थिए। जानकारीअनुसार सिरीज़ हिन्दीमा नै बनिनेछ। यसपछि विभिन्न भाषामा डबिङ गरी प्रसारित गरिनेछ। यो सीरीजमा क कसले अभिनय गर्नेछन्. अहिलेनै तय भएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया