करेन्ट लागेर एकको मृत्यु हुँसमेत विभाग संवेदनहीन : मक्किएको बिजुलीको पोलबाट त्रसित परिवार

खरसाङ , 18 मार्च


भर्खरै करेन्ट लागेर खरसाङमा एकको मृत्यु भइसकेको छ। खरसाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको घटनापछि तीनधारे महानदी समष्टीको सिविटार चियाबारीको एक परिवार चिन्तामा परेका छन्। घरको छेउमा नै  मक्किएको बिजुलीको पोल। छ त्यो ढल्यो भने के हुन्छ? उनीहरूको चिन्ताको विषय यही हो।

बिजुली बत्तीको पोल नजिकै रहेको घरका परिवारका सदस्यहरूले आफूहरू रातभरि नसुतेको बताए। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको हजुरे सेवाको घर नजिकै रहेको बिजुली बत्तीको पोल खिया परेर पोल नै ढल्ने अवस्थामा रहेको छ।

ठूलो हावा आएर उक्त पोल ढले छेउको घरलाई क्षति हुने साथै घर परिवारको सदस्यहरुलाई पनि खतरा हुनसक्ने भएकोले परिवार त्रसित भएका हुन्। हजुरे सेवाको घर नजिकैको बिजुली बत्तीको पोल ढले दुईवटा घरलाई खतरा रहेको बताइएको छ।

‘हाम्रो घर नजिक रहेको बत्तीको पोल धेरै दिनदेखि खिया परेर ढल्ने अवस्थामा छ। शुक्रबार खरसाङमा करेन्ट लागेर घटनास्थलमै एकजनाको मृत्यु भएपछि झन् हामी रातभरि सुत्न नै सकेका छैनौं,’ खबरम्यागजिनसित बोल्दै मोहन सेवाले भने।  पोल सम्बन्धित विभागको तर्फबाट चाढै मरमत्ति नगरे भविष्यमा ठूलो दुर्घटना हुनसक्ने सम्भावना रहेको पनि सेवाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares