पहिले भ्रमण, त्यसपछि राजनीति: भाइचुङ

गान्तोक, 19 मार्च।


भारतीय फुटबलमा सफल रहेका भाइचुङ भोटियाले राष्ट्रिय पार्टीको राजनीतिमा राम्रो परिणाम ल्याउन सकेनन्। अब उनी क्षेत्रिय राजनीतिको गेम खेल्न मैदानमा उत्रिन अघि पूर्वाभ्यासको निम्ति निस्किएका छन्। आफ्ना मनमिल्ने साथीहरूलाई लिएर आजदेखि भाइचुङले दक्षिण सिक्किमको राभाङला हुँदै पश्चिम सिक्किमतिरको भ्रमण शुरु गरेको छ। उनले गृह राज्य सिक्किमको राजनीतिमा आउने घोषणा गरिसकेका छन्।

यसै क्रममा उनले तृणमूल कांग्रेस पार्टीबाट राजीनामा दिएर बाट तयार पार्दैछन्। भोटियाले सिक्किममा आफ्नै राजनैतिक दल गठन गर्ने हो अथवा कुनै क्षेत्रीय वा राष्ट्रिय पार्टीमा सामेल हुने हो भन्ने खुलासा भने अहिलेसम्म गरेका छैनन्। तर, उनले सिक्किममा आफ्नो आधार बलियो बनाउने कार्य भने शुरू गरेका छन्। भाइचुङ भोटियाले भोली सोमबारदेखि सिक्किम भ्रमण शुरू गर्ने् भएका छन्। भोटियासित दश सदस्यीय युवा यात्रा टोली रहनेछ जसको नेतृत्व उनी स्वयंले गर्नेछन्।

युवा यात्रा टोलीमा भोटियालगायत डीएस लिम्बू, छिरिङ वाङचुक लेप्चा, नवीन किशोर छेत्री, फुर्बा दोर्जी तामाङ, गुरू प्रसाद लुइँटेल, ग्याल्छेन लेप्चा, केदारनाथ तिवारी, योगेन राई र फुर्बा छिरिङ भोटिया सामेल छन्। यो यात्रा आजदेखि दक्षिण सिक्किमअन्तर्गत भाइचुङ भोटियाको जन्मथलो तिनकीतामबाट शुरू गरिएको छ। यो यात्रा विशेष रूपमा चारै जिल्लाको भ्रमण गर्दै मानिसहरूलाई भेट्नु, उनीहरूसित अन्तरक्रिया गर्नु र उनीहरूका समस्या, आकांक्षा तथा विकासीय आवश्यकताहरूलाई बुझ्नु केन्द्रित रहेको भोटियाले प्रेस बयानमा बताएका छन्। उनले भनेका छन्, ‘हामी सिक्किमको चारै जिल्लाको भ्रमण गर्नेछौं।

यो भ्रमण मानिसहरूलाई भेट्नु, उनीहरूको विचार बुझ्नु र उनीहरूबाट आर्शिवाद लिनु आयोजन गरिएको हो। भ्रमण अवधि तृणमूल स्तरका मानिसहरूलाई भेटेर कुराकानी गर्नेछौ र उनीहरूबाट धेरै विषयमा जानकारी लिनेछौ।’ सिक्किमको राजनीतिमा आउनअघि जनतासितको यो अन्तरक्रियात्मक भ्रमण उनको निम्ति धेरै महत्वपूर्ण रहेको उनले बताएका छन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया