पिउने पानीको निम्ति जिटिएले बनायो ट्याङ्की

सजन शर्मा/सुकेपोखरी 20 मार्च ।


सुकेपोखरी बजारवासीको निम्ति पेयजल उपलब्ध गराउन जीटीए व्यवस्थाबाट ठूलो आयतनको ट्याङ्की निर्माण कार्य लगाभग अन्तिम चरणमा पुगेको गोजमुमो सुके मानेभञ्याङ समष्टि अध्यक्ष बुद्घ तामाङले जानकारी दिएका छन् ।

तिनले जनाए अनुसार दुइलाख अधिक रूपियाँको लागतमा बनिन लागेको उक्त ट्याङ्कीमा रियाङ खोलाबाट पानी ल्याइने एवं सुकेबजारवासीको निम्ति उपलब्ध गराउने योजना रहेको छ । क्षेत्रको एकाधिक समस्या सामधान गर्दै विकाशमूलक कार्यहरू सञ्चालनमा पार्टी समष्टि समितिले कुनै कसर नछोड़ने उल्लेख गर्दै तिनले जीटीए व्यवस्थाबाट धेरैवटा विकाश कार्य शुरू गरिएको जनाएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares