अक्षयको फिल्मको टाइटल सुनेर हाँसे मोदी

नयाँ दिल्ली, 9 मई/2017


अक्षय कुमारले आउन लागेको उनको फिल्म “टोइलेट एक प्रेम कथा” बारे नरेन्द्र मोदीसित चर्चा गरे। मङ्गलबार मोदीसित भएको भेटघाटको फोटो अक्षयले ट्वीटरमा पनि हालेका छन्।  ट्वीटमा लेखेका छन् अक्षयले, -पिएमसित भेटेँ। मेरो आउनेवाला फिल्म टोइलेट एक प्रेम कथाबारेमा बताउन भ्याएँ। फिल्मको टाइटल सुनेर पिएम हाँसे अनि मेरो दिन रमाइलो बन्यो।

– अक्षयको यो फिल्म टोइलेट एक प्रेम कथा-ले साफ-सफाई र टोइलेटको आवश्यकताबारे बोलेको छ। जनतालाई फिल्मले पीएमको स्वच्छता अभियानसित जोडिदिन्छ।
– मोदीले 2 अक्‍टूबर 2014 देखि देशभरि स्‍वच्‍छ भारत अभियान शुरु गरेका थिए। यसै अन्तर्गत गाउँ, बस्ती, शहर सबैमा टोइलेट बनिनुपर्ने अभियान चलेको हो।

– 2 मईमा रिलिज हुन्छ भनिएको यो फिल्मको रिलिज 11 अगस्तमा मात्र हुने भनिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन