केन्द्रिय मन्त्री मेनुका गान्धी सिक्किम आइपुगिन्

गान्तोक, 25 मार्च।


केन्द्रिय बाल तथा महिला कल्याण मन्त्री मेनुका गान्धी आइतबार साँझ गान्तोक आइपुगेकी छन्। तीन दिने आधिकारीक भ्रमणमा आएकी मन्त्री गान्धीलाई राजभवनमा राज्यको सामाजिक न्याय तथा महिला सशक्तिकरण मन्त्री तुलसीदेवी राईले स्वागत जनाइन्। राजभवनकै अतिथि कक्षमा केहीबेर भलाकुसारी पछि राज्यपाल श्रीनिवास पाटिलसित पनि बैठक गरिन्।

केन्द्रिय मन्त्रीलाई स्वागत गर्नको निम्ति सामाजिक न्याय महिला सशक्तिकरण विभागकी सचिव सरला राई, गृह सचिव (प्रटोकल) एसके प्रधान तथा सम्बन्धित विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

भोलि बिहान रूम्तेक गुम्पाको भ्रमणपछि मुख्यमन्त्री पवन चामलिङसित मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा बैठक हुनेछ। त्यसपछि महिलाहरूको निम्ति बनाइएको सेल्टर होम, जेएन रोडको आइसीडीएसको भ्रमण कार्यक्रम रहेको छ।

भ्रमणको तेस्रो दिन मनन केन्द्रमा सम्पन्न हुने विशेष कार्यक्रममा आफ्नो सम्बोधन राख्नेछिन्। त्यसपछि सोझै बागडुग्रा भएर दिल्ली फिर्नेछिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares