मिरिकका समाचारहरू : राज्य सरकारको इसारामा पहाडमा विकास हुनुपर्छ-एलबी

तृणमूल विस्तार गरिने 

मिरिक ,27 मार्च।

दार्जीलिङ पहाडमा तृणमुल कंग्रेस पार्टीले साङ्गठनिक गतिविधिलाई सक्रिय बनाउने भएको छ। पहाडमा सुस्त गतिमा रहेको तृणमूल कंग्रेस पार्टीले पहाडमा सक्रिय रूपमा विस्तार गर्ने भएको छ। जनआन्दोलनका क्रममा  पहाडमा  तृणमुल कंग्रेस समर्थकहरूलाई धेरै यातना दिने काम भयो । कतिको घर जलाइयो। धेरै जनाले समतलमा आश्रय लिएर बस्नुपर्ने बाध्यता थियो। उनीहरूलाई मनोबल बढाउन अनि जनतालाई पहाडमा दिगो शान्ति स्थापनासँगै शान्ति र बिकासको निम्ति पहाडमा तृणमुल कंग्रेसलाई नै रोजेको हिल तृणमुल अध्यक्ष एलबी राईले जानकारी गराएका छन् ।

राईले मिरिक सञ्चारकर्मीहरूसित बातचित गर्दै पहाडमा संगठन विस्तार गर्न राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड पार्टी पर्यवेक्षक मन्त्री अरूप विश्वासले आफुलाई दिशा निर्देश दिएपछि मिरिकमा पार्टीको सङ्गठन मजबुत बनाएपछि भोलि देखि कालेबुङको दौडाहामा रहेको बताए । भोलिदेखि कालेबुङ जिल्लाको गोरूबथान बल्कको भ्रमणमा जाने कार्यक्रम रहेको बताएका छन्। उनले पहाडमा शक्तिशाली दल रहेको बताए । जनताले पनि तृणमुल कांग्रेस पार्टीलाई नै चाहेको पनि उनले बताएका छन् ।

पहाडमा शान्ति र बिकासको निम्ति तृणमुल कांग्रेसले नै कार्य गर्ने छ भन्दै बिकासको निम्ति गोरामुमोले हिल एरिया डेभलपमेन्ट काउन्सिल पाएको, गोजमुमोद्वारा जीटीए बीएओ सञ्चालनमा रहेको र यी सबै सरकारको बिकास एजेन्सी रहेको बताए।

‘पहाडमा मिलेर सहकार्य गर्ने छौं,’ उनले भने । राज्य सरकारको इसारामा पहाडमा बिकास हुनुपर्छ भन्दै राज्य सरकार पहाडको चौतर्फी बिकासमा गम्भीर रहेको पनि बताएका छन् । जनताको रोजाइमा पहाडमा तृणमुल कांग्रेस पहिलो रहेको बताए ।राज्य सरकारले पहाडमा धेरै वटा योजना साथै बिकासको मार्ग प्रशस्त गरेको छ, उनले भने । आगामी बर्ष हुने लोकसभा चुनावलाई लिएर गरिएको कसरत होइन भनि सोधिएको प्रश्नमा उनले चुनाव सम्बन्धी हाम्रो केही घोषणा भएको छैन भनि बताए ।तथापि पहाडमा घाँस फुल फुलाउन पार्टीले अभियान सुरु गरेको बताएका छन् ।


स्व. एबी थापा मेमोरियल ओपन नकआउट फुटबल टुर्नामेण्ट : पशुपति नेपालको बिजय 

मिरिक: नमुना परिवार सङ्घ टिङलिङ चियाबारीद्वारा आयोजित स्व. एबी थापा मेमोरियल ओपन नकआउट फुटबल टुर्नामेण्टको फाइनल खेलमा पशुपति फुटबल क्लबले खिताब जितेको छ।  खचाखच दर्शकहरूले भरिएको टिङलिङ गढी खेल मैदानमा सम्पन्न फाइनल खेल पशुपति नेपाल बनाम जो जो सेभेन सिङ्गबुली माझमा भिडन्त भएको थियो । जसमा निर्धारित समयसम्म दुवै दल बराबरीमा रहेपछि ट्राईबेकरमा एकको बिरूद्ध तीन गोल गरी पशुपति नेपाल बिजय बन्यो।

उसरीनै प्रदर्शनी खेल पाइनहल हल एकाडमी बनाम ग्रीनलन अङ्ग्रेजी स्कूल माझमा भिडन्त भएको थियो भने जसमा एकको बिरूद्ध तीन गोल गरी पाइनहल एकाडमी बिजय बनेको थियो। समारोहलाई अध्यक्षता लिम्बू धुरा गाउँ समाजका अध्यक्ष राजु छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीए बीएओका सम्पर्क अधिकारी अरुण सिग्ची थिए।

अन्य अतिथिहरूमा पाइनहल एकाडमीमा प्राचार्य नगेन राई, ग्रीनलन अङ्ग्रेजी स्कूलका प्राचार्य शेखर प्रधान, गोजमुमो सौरेनी समष्टि संयोजक सुनिल प्रधान, मिरिक थाना एएसआई योगेश ठकुरी , टिङलिङ प्राथमिक पाठशाला प्रधानाध्यापक राजु छेत्री, गार्डनका भूतपूर्व गार्डनबाबु एसी कुलुङ , स्व एबी थापाको धर्मपत्नी शोभा थापा, युवा खेलाडी बिपेन थापा  लगायतका अथितिहरूको उपस्थिति रहेको थियो।

सङ्घका बालकृष्ण शर्माले सञ्चालन गरेको समारोहमा  अथितिहरूको बाहुलीबाट दीप प्रज्जवलन गरि खेल शुभारम्भ गरिएको थियो ।मोठ चालिसवटा टिमले भाग लिएको यस खेलमा बिजेता दल पशुपति नेपाललाई नगद तीसहजार रूपियाँको साथमा आकर्षक ट्रफिद्वारा सम्मान गरिएको थियो भने पराजय दल जोजो सेभेन सिङ्गबुलीलाई पनि नगद राशी बीस हजार रूपियाँको साथमा आकर्षक ट्रफि पनि प्रधान गरियो।

खेलमा सर्वक्षेष्ठ खेलाडी पशुपति नेपालका गोलकिपर दीपेन्द्र कार्कीलाई चयन गर्दै पुरस्कारद्वारा सम्मान गरियो । आयोजक समितिले लगातार दश वर्ष अगाडिदेखि यस खेल मैदानमा लगातार रूपमा फुटबल खेलाको आयोजना गरिरहेको छ भने समाजमा पनि चेतना मूलक कार्यहरूको आयोजना गरिरहेको नमुना परिवार सङ्घले जनाएको छ ।


 

पर्जापट्टा दिइने: २७ मार्चदेखि शुरु
मिरिक:  मिरिक नगरपालिका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चाँडै नै जमिनको असली पूर्जा पट्टा पाउने भएका छन् । राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेको एक बर्ष नबित्दै नगरपालिकाबासीले जमिनको मालिकनामा अधिकार पाउने भएका छन् ।यस भन्दा अगाडि नै मिरिक नगरपालिका कार्यालयले ल्याण्ड पोजीशन सर्टिफिकेट बितरण गरिसकेको छ भने अब पूर्जा पट्टा पनि बितरण गरिने छ।

आज मिरिक नगरपालिका कार्यालयकी बढीआमा ममता सुब्बाले आज पत्रकार सम्मेलन डाकेर भोलिदेखि जमिनको रेजिस्ट्रेशन प्रक्रिया शुरु गर्ने भएको बताइन्। रेजिस्ट्रेसन भोलि वार्ड नम्बर तीनदेखि शुरु गरिने  र यसको निम्ति जमिन तथा घरधनिले नगरपालिका कार्यालयमा बिहान दश बजीदेखि उपस्थित रहनुपर्ने बताइन् ।

उनले बताएअनुसार, घरधनिले रेजिस्ट्रेशन भर्न आउँदा तीन वटा पासपोर्ट साइज पासफोटो, प्यान कार्ड जस्को छैन उसले फारम १६ भर्नुपर्ने छ ।  भोटर आइडी, आधार कार्ड र ल्याण्ड पोजीशन सर्टिफिकेटको जेरेक्स कपि कार्यालयमा लिएर आउनुपर्ने  बताएकी छिन् ।भोलि २७ मार्चदेखि  ३१मार्च सम्म वार्ड नम्बर तीनका बासिन्दाले कार्यालयमा उपस्थित हुनुपर्ने बताउदै वार्ड नम्बर दुई र पाचँका वार्ड बासिनदाले २,३र ४ अप्रेलमा, वार्ड नम्बर  एकका बासिन्दाले ५, ६र ७ अप्रिलमा, वार्ड नम्बर छ का बासिन्दाले ९ र १० अप्रेलमा, वार्ड नम्बर सातका बासिन्दाले ११ , १२ र १३अप्रेलमा अनि वार्ड आठका १६, १७ र १८ अप्रेलमा अनि वार्ड नम्बर नौमा भने १९, २० र २१ अप्रेलको दिन रेजिस्ट्रेशनको कार्य गरिने छ ।


श्रीमद् देविभागवत महापुराण सम्पन्न

मिरिक :  गोपालधारा सिरान कोठी गाउँमा गोकूल कार्की अनि कार्की परिवारले आयोजन गरेको नौ दिन व्यापी श्रीमद् देविभागवत महापुराणको  होम यज्ञका साथ भव्य समापन भयो । महापुराणमा प्रत्येक दिन स्थानिय क्षेत्र , वरिपरिका गाउँहरूबाट अनि निकटवर्ती नेपालका इलाम जिल्लाका गाविसहरूबाट पनि भगवद्भक्तहरूमा उपस्थिति हुने गरेको थिए । इलाम जिल्लाका पण्डित वेदप्रसाद घिमिरेले प्रत्येक दिन देवी भागवतको पाठ गरे भने पण्डित श्री टीका ढुङ्गानाले कथा वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए ।

प्रत्येक दिनको कार्यक्रममा कथा अनुसार देवीका विभिन्न रुपहरूलाई धुलाबारी झापाका चन्द्रकान्त न्यौपानेले झाँकीहरूद्वारा प्रदर्शन गरे यसरी नौ दिनसम्म जम्मा पच्चिसवटा झाँकीहरू सफलतापूर्वक प्रदर्शित गरिएको थियो । पण्डित श्री महेश कौशिकले नौ दिनसम्म नै  आध्यात्मिक भजनहरू गाएर श्रोताहरूको मन जित्न सफल भएका थिए ।

कार्यक्रमको नवौँ दिनमा वेलुकी कथा वाचनको समापन एक लाख बत्ती बालेर भएको थियो । लक्ष्य बत्ती प्रज्ज्वलन अनि गाउँका विद्यार्थीहरूमाझ साधारण ज्ञान प्रतियोगितामा रजत छेत्रीले सर्वश्रेष्ठ पुरस्कारमा एउटा मोवाइल फोन जितेका थिए साथै सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिएको थियो ।

छ जना वटुकहरूको ब्रतबन्धको कार्यक्रम पनि पूर्णाहुतीका साथ सम्पन्न भयो । कार्यक्रमको अन्तिम दिन पण्डित टीका ढुंगानाले नौ दिनव्यापी यो देवीभागवत महापुराणमा भक्तहरू अनुशासित भएर कथा श्रवण गरेकोमा खुशी व्यक्त गर्दै जीवनलाई अध्यात्ममय बनाएर मात्र जीवनको लक्ष्य पुरा हुन्छ अनि पुराण सुन्नुको उद्देश्य पुरा हुन्छ भन्दै श्रोताहरूलाई सुख र आनन्दमय जीवन जिउने शुभकामना दिए भने आयोजक मण्डलीको पक्षमा गोकूल कार्कीले सबैलाई कार्यक्रम सफल बनाइदिएकोमा धन्यबाद दिएका थिए ।

 


सियाेक भष्मे शाखाकाे साङ्गठनिक  सभा

 मिरिक: गाेजमुमाे सियाेक गाेपालधारा अाेकाइटी समष्टि अधिनस्त सियाेक भष्मे शाखाकाे साङ्गठनिक  सभा भष्मे प्राथमिक पाठशाला परिसरमा जय कुमार गुरूङकाे अध्यक्षतामा भयाे।सभालाई समष्टि अध्यक्ष अमित देवान,सचिव प्रविण राई,महकुमा अध्यक्ष समीर राई,युवा माेर्चा महकुमा अध्यक्ष याेगेस गाेले,युवा नेता कृष्ण प्रधान,हेमकुमार थापा अादिले सम्बाेधन गर्दै  साङगठनिक एकतामाथि जाेर दिए।

वक्ताहरूले जीटीए बीअाेए अध्यक्ष बिनय तामाङ अनि उपाध्यक्ष अनित थापाले समय सापेक्ष राजनीति गरेर जनता र पार्टीको हितमा कार्य गरिरहेकाे दाबी गर्दै जीटीए बीअाेएबाट जनताकाे अभाव र समस्याकाे समधान गरिनेछ, भने। भावनामा  बगेर हाेइन यथार्थमा बसेर राजनीति गर्ने  समय अहिले रहेकाे वक्ताहरूले  बताँउदै हाल  जनता बिनय तामाङ अनि अनित थाापाकाे साथमा रहेकाे  दाबी गरे। सभामा ग्रामबासीले क्षेत्रमा सडककाे अभाव रहेकाे बताँउदा समष्टि अध्यक्ष अमित देवानले क्षेत्रकाे सडक निर्माण गरिने पहल भइरहेकाे बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया