कालेबुङ एनजीओ नेटवर्क’-नामक सङ्गठन गठन

कालेबुङ खबरदाता, 9 मई/2017


कालेबुङ जिल्लाभरिका पञ्जीकृत गैर-सरकारी सङ्घ-संस्थाहरूलाई लिएर ‘कालेबुङ एनजीओ नेटवर्क’-नामक सङ्गठन गठन गरिएको छ। एकाअर्कामाझको सम्बन्धलाई प्रगाड बनाएर लैजानका साथै आवश्यक्ताको समय सङ्गठित रूपमा कार्य गर्न नै सबैलाई लिएर उक्त सङ्गठन गरिएको हो। नवगठित सङ्गठनका अध्यक्ष हू केयर्सका एरोन योञ्जन रहेका छन् भने ग्लेन फेमिली फाउण्डेसनका साओम छिरीङ नाम्चु सचिव रहेका छन्।

यसरी नै ह्याण्डसका निरस मुखिया उपाध्यक्ष अनि बाल सुरक्षा अभियानका सृजना प्रधान सह-सचिव रहेकी छन्। सङ्गठनभित्र सेभ द हिल्स, वर्ल्ड भिजन, वर्णमाला परिवार, दिशा, गोर्खा दुख निवारक सम्मेलन, हिल सोसियल वेलफेयर सोसाइटी, ह्यूमन राइटस् एसोसिएससनको पनि सहभागिता रहेको छ भने आगामी दिनमा अन्य सङ्घ-संस्थाहरूलाई पनि समावेस गरेर बृहत् रूपमा सामाजिक समस्याहरूमाथि सङ्गठनले कार्य गर्ने भएको जानकारी अध्यक्ष एरोन योञ्जनले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया