कर्मापा मुद्दा मा मुख्यमन्त्री र एसडीएफको इमान्दार र भगीरथ प्रयास सफल भएकोछः एसडीएफ

गान्तोक, 30 मार्च।


सत्तारूढ एसडीएफ पार्टीले पनि कर्मापाको आगमनको निम्ति केन्द्र सरकारको सीसीएसले अनुमति दिएको पुष्टि गर्दै सिक्किमे समाजमा  खुसीको लहर छाएको बताएको छ। एसीडएफका प्रचार उपाध्यक्ष दाउछो लेप्चाले प्रेस बयान जारी गर्दै हिजो गृहमन्त्रालयले सेन्ट्रल क्याबिनेट कमिटि अन सेक्युरिटीलाई परमपावन कर्मापा सिक्किम भ्रमणको अनुमति दिने सम्बन्धमा छानविन गर्न पठाएको थियो।

उक्त प्रस्तावलाई प्रधानमन्त्रीको अध्यक्षतामा कमिटिका सदस्य राजनाथ सिंह, अरुण जेटली, सुष्मा स्वराज र निर्मला सितारणको पाँच सदस्य समितिले अनुमोदन गरेपछि उक्त प्रस्ताव ग्रहण गर्दै हिजो सीसीएस कमिटिले कर्मापालाई सिक्किम भ्रमणको निम्ति अनुमतिको प्रस्ताव मन्जुरी प्रदान गरेको छ।

यसलाई मुख्यन्त्री पवन चामलिङ र एसडीएफ सरकारको इमान्दार र भगिरथ प्रयास सफल भएको एसडीएफले बताएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीलाई एसडीएफ पार्टीले धन्यवाद दिएको छ भने कर्मापाको भ्रमणले सिक्किममा सुख शान्ति र समृद्धि छाओस भन्ने कामना गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया