सिङताममा बाइक दुर्घटनामा एक युवक ठहरै, एक घाइते

सिङताम, 30 मार्च


पूर्व सिक्किमको सिङताम राष्ट्रिय राजमार्ग 10 काली खोलामा भर्खरै मोटर वाइक (डब्लुबी74एजी1989) दूर्घटनामा उमेश छेत्री (22) को घटनास्थलमै मृत्यु भएको छ। उनी बाइकको पछिल्तिर बसेका थिए भने गान्तोकको डेप्लोपमेन्ट एरिया निवासी बताइएको छ। यसैगरि बाइक चालक सुभम शिलाल (22) रहेका छन् उनी पनि एकै गाउँका निवासी हुन्। उनलाई उपचारको निम्ति सिङताम अस्पतालमा भर्ना गरिएको छ भने साधरण चोट लागेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया