सन्दकपूमा व्यापक हिमपात

दार्जीलिङ, 30 मार्च


गुडफ्राइडेकै दिन सन्दकपूमा हिमपात भयो। पोहोर पनि यसै समय सन्दकपूमा व्यापक हिमपात भएको थियो। दार्जीलिङमा आज बिहानदेखि नै आँधीबेह्री चलेको थियो। तराईमा फ्यान चलाउनुपर्ने स्थिति बनिरहेको बेला यता दार्जीलिङमा भने दैनिकरूपमा तापमानमा ह्रास आइरहेको छ।

दार्जीलिङमा गुडफ्राइडेको छुट्टि मनाउन व्यापक पर्यटकहरू देखापरेका छन्। उनीहरू सन्दकपूमा हिमपात भएकोले त्यतातिर जान उत्सुक देखिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया