एसकेएममा पैह्रो एसडीएफ पसे २५० नेता

गान्तोक, 30 मार्च।


राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम को गढ मानिने सियारी निर्वाचन क्षेत्रबाट 250 भन्दा अधिक एसकेएम तथा अन्य विपक्षी पार्टीका सदस्यहरू सत्तारूढ एसडीएफ पार्टीमा सामेल भएका छन्। जसमा प्रमुख रूपले गत पञ्चायत चुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुने एक मात्र पञ्चायत सदस्य छोङ्गे वार्डकी छोङ डोन्का भोटिया पनि रहेकी छन्।

आज मुख्यमन्त्रीको कार्यालय सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व जिल्ला कार्यकारिणी समितिका विभिन्न उच्च पदाधिकारीहरूको उपस्थितिबीच उनीहरू एसडीएफमा सामेल भएका हुन्। एसकेएम पार्टीको विधायक रहेको समष्टिबाट यसरी पार्टीका सदस्यहरू सत्तारूढ पार्टीमा सामिल हुनुले विपक्षी पार्टीमा ठूलै पैह्रो गएको अनुमान लगाउन सकिन्छ।

आज सामेल हुने मध्ये 44 जना एसकेएमका नेतृत्व पङ्क्तिका सदस्यहरू रहेका छन्। यस हाँचमा गान्तोक लालबजारका चर्चित एसकेएमका नेता रामेश्वर तामङले पनि आज साँझ आफ्ना समर्थकहरूलाई लिएर सत्तारूढ एसडीएफमा सामेल भएका छन्। एसडीएफ पार्टीमा उनीहरूको विधिवत सामेलपछि पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री चामलिङले उनीहरूलाई सम्बोधन गर्दै सबैलाई एसडीएफमा स्वागत रहेको र आगामी दिनहरूमा सिक्किमको विकासको निम्ति सबै एक भएर काम गर्ने उनले अपील गरे।

एसडीएफ पार्टीले मात्र सिक्किममा विकास र प्रगती गर्न सक्ने उनले दाबी गर्दै विपक्षी पार्टीहरूमा ठोस कुनै कार्यक्रम नरहेको पनि सम्बोधनको क्रममा बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया