पुसुम्बेङ-पुबोङ खण्ड समितिको सभा

सजन शर्मा, सुकेपोखरी 30 मार्च


गोर्खा जनमुक्ति मोर्चा सुके-मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुसुम्बेङ-पुबोङ खण्ड समितिको सभा विकाश राईको अध्यक्षतामा भयो। चट्टाई धुरा सार्वजनिक भवनमा सम्पन्न सभालाई सत्तिश निरौलाको स्वागत भाषणपछि सन्तोष तामाङले सञ्चालन गरेका थिए।

मोर्चा समष्टि अध्यक्ष बुद्ध तामाङ,सचिव राजेन निरौला,सहसचिव फुर्बाछिरिङ शेर्पा ,सल्लाहकार कमल राई,युवा मोर्चा समष्टि अध्यक्ष टासी भोटिया,श्रमिक सङ्गठन समष्टि सचिव विकाश राई,मोर्चा सुके खण्ड समिति सचिव प्रणय राणा,पुवोङ फाटक समाज सभापति आदिले साङ्गठनिक विषयवस्तु अनि विकाश कार्यमाथि सम्बोधन गरेको सभामा भालुखोप,रानीवन,लामी,पुसुम्बेङ,पुवोङ,पुवोङ बस्ती,आलुबारी बस्ती,चट्टाई धूरा लगायतका शाखा पदाधिकारी,प्रतिनिधि तथा समर्थकहरूको बाक्लो उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया