जङ्गपानाका विकलाङ्ग हजम

खरसाङ, ३० मार्च


आफ्नो जोश, जाँगर र मन भए जस्तै परिस्थिति र शारीरिक कमजोरी भएपनि आफूले रोजगारी भएर जीवन धान्न सकिने उदाहरण प्रस्तुत गरेका छन् जङ्गपाना चियाबारी निवासी विकलाङ्ग सञ्जित थापाले।

खरसाङ महकुमाको तीनधारे महानदी समष्टीको जङ्गपाना चियाबारीको माथिल्लो गाउँमा रहेको धनबहादुर थापाको सुपुत्र ३८ वर्षीय सञ्जित थापा जन्मदेखि नै विकलाङ्ग भएपनि कुनै सरकारी सहुलियतबिना नै जीवन यापन गरिरहेका छन्।

जङ्गपाना चियाबारीमा  श्रमिकको कार्य गर्ने माता पिता आफ्ना कामबाट अवकाश लिएपछि परिवार पाल्ने जिम्मेवारी विकलाङ्ग सुपुत्र सञ्जित थापाको काँधमा आइपऱ्यो।

आफू विकलाङ्ग भएर पनि विगत १५ वर्षदेखि गाउँमा नै कपाल काट्ने काम गर्दै एकजनाबाट ३० रुपियाँ लिन्छन्। यसै आयबाट नै परिवार पनि पालिरहेका छन्।

तिनी वर्तमान बेरोजगार युवाहरुका लागि एउटा असल उदाहरण नै बनेका छन्। तर विकलाङ्ग भएर पनि कुनै सरकारी सहुलियत नपाएको तथा जन्मदेखि नै आफू विकलाङ्ग भएपनि कुनै सरकारी सहुलियत र सहयोग नपाएको पनि तिनले गुनासो गरेका छन्।

स्थानीय जङ्गपाना चियाबारी निवासी रुस्तम गुरुङले बताए अनुसार सञ्जित थापा विकलाङ्ग भएकोले कम्ति हिँड्डुल गर्छन्। घर वरिपरि मात्रै चहल पहल गर्ने गरेको भएपनि आफै काम गरेर परिवार पाल्न काम पनि गरिरहेका छन्। सरकारी रुपमा विभागीय पहल गरी विकलाङ्ग सञ्जित थापालाई सहयोग गर्न पर्ने उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया