मिशन हिलका विमल समर्थकहरू विनय समूहमा : डीटीडीपीएलयुको शाखा गठन

खरसाङ, ३० मार्च


खरसाङको धोबी खोलास्थित गोजमुमो पार्टी कार्यालयमा दार्जीलिङ, तराई, डुवर्स प्लान्टेशन लेवर युनियन केन्द्रीय समितिको अध्यक्षा करूणा गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो।

उक्त सभामा कालेबुङ जिल्लाको गोरुबथान मिशनहिल चियाबारीको २०- ३० गोरामुमो र आदिवासी समुदाय एवं श्रमिकहरु तथा नेतृत्वहरुले बिनय अनितलाई समर्थन गरेका छन्।

समर्थकहरु सबैलाई डीटीडीपीएलयु केन्द्रीय समितिको अध्यक्षा करूणा गुरुङको बाहुलीबाट खदार्पण गर्दै झण्डा प्रदान गरी स्वागत जनाइयो। यस अवसरमा उनले वर्तमान जीटीए बोर्ड अफ् एडमिनिष्ट्रेसनका चेयरम्यान विनय तामाङ र उपाध्यक्ष अनित थापाको नेतृत्वमा चियाबारीका श्रमिकहरु जीवन स्तर बढाउने र आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास भइरहेको बताउँदै चिया श्रमिकहरुको समस्या समाधान गर्न सबैले बिनय तामाङ र अनित थापालाई समर्थन गरिदिन अनुरोध पनि गरेका छन्।

सभामा डीटीडीपीएलयु केन्द्रीय समितिको पदाधिकारीहरुमा सहसचिव राजेस थापा, केन्द्रीय सदस्य सागर गुरुङ,  हर्णिङ तामाङ पनि उपस्थित थिए। यसै सभामा कालेबुङ जिल्लाको मिशनहिल चियाबारीको लागि डीटीडीपीएलयु शाखा कमिट पनि गठन गरियो। उक्त कमिटीमा सभापति शिवकुमार कार्की, उप सभापति विश्राम लोहार र ज्योति कर्माकर, सचिव शान्ति दाहाल, सह सचिव सञ्जय थापा र अफ्रिका छेत्री, कोषाध्यक्ष अर्जुन घिमिरे, सह कोषाध्यक्ष सुवास छेत्री र रेशमा छेत्री, सल्लाहकारमा बिमल दाहाल, अमृत राई, सन्तु मुण्डा लगायत २२ जनाको कार्यकारी सदस्यहरु चयन गरिएका छन्।

उक्त कमिटीलाई डीटीडीपीएलयु केन्द्रीय समितिको तर्फबाट अनुमोदन पनि गरिएको छ। अब डीटीडीपीएलयु केन्द्रीय समिति र स्थानीय कमिटीको पदाधिकारीहरु मिशनहिल चियाबारीको प्रबन्धक पक्षसित अप्रेल महिनाभित्र नै सभा बसेर चियाबारी श्रमिकहरुले भोग्दै गरेका विभिन्न समस्याहरू समाधान गर्न प्रयास गरिने भएको छ भनी डीटीडीपीएलयु केन्द्रीय सह सचिव राजेस थापाले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया