प्रतिभा खोज्दै दार्जीलिङ पुलिस : जोन अब्राहम, गायक मोहित चौहानले दिए शुभकामना

दार्जीलिङ 30 मार्च


दार्जीलिङ पुलिसद्वारा आयोजित ‘दार्जीलिङ राइजिङ स्टार’-प्रतियोगिताको अडिशन राउण्ड भोलिदेखि शुरू हुनेछ। दार्जीलिङको 12 वटा ठाउँमा अडिशन हुनेछ। आयोजकपक्षअनुसार 5 हजार प्रतियोगीहरूले फारम भरेका छन्।

भोलिदेखि हुने अडिशन राउण्डको तालिका यस्तो छः-
1. दार्जीलिङ सदर- 31 मार्च/ 1 अप्रेल
2. रङली रङलियट- 31 मार्च/1 अप्रेल
3. जोरबगंलो- 1अनि 2 अप्रेल
4. खरसाङ- 31 मार्च/1 अप्रेल
5. लोधोमा- 1अनि 2 अप्रेल
6. मिरिक-31 मार्च/1 अप्रेल
7. पूल-बजार (बिजनबारी)- 31 मार्च/1 अप्रेल
8. सुके- पोखरी-1अनि 2 अप्रेल
9. मङपू- 1 अप्रेल
10. पानीघट्टा-1 अप्रेल
कालेबुङमा पनि अडिशन गरिने छ। यसको मिति भने तय छैन।
अडिशन राउण्डबाट छनौट भएका प्रतियोगीहरूलाई लिएर दार्जीलिङको क्यापिटल हलमा अन्य राउण्डहरू सम्पन्न गरिनेछ। यसको निम्ति दार्जीलिङ क्यापिटल हलको क्लक टावरसितै क्यापिटल हललाई पनि मरम्मत्ति अनि सजाउने कार्य युद्धस्तरमा चलिरहेको छ।

ग्राण्ड फिनाले आगामी 28 अप्रेलको दिन चौरास्ता परिसरमा गरिने भएको छ भने ग्राण्ड फिनालेमा बलिवुडका सुपर स्टारहरू पनि विशेषरूपले उपस्थित रहने सम्भावना रहेको छ। उक्त प्रतियोगिताका भाग लिइरहेका प्रतियोगीहरूलाई बलिवुड सुपरस्टार जोन अब्राहम, गायक मोहित चौहान आदिले शुभकामना सन्देशका भीडियोहरू पठाएर उक्त कार्यक्रमको रौनकता बड़ाइदिएका छन्।

जुनियर अनि सिनियर गरेर दुईवटा वर्गमा सम्पन्न हुनेछ। जुनियर वर्गमा १० देखि १७ वर्षसम्मका प्रतियोगीहरुले अंशग्रहण गर्नेछन् भने सिनियर वर्गमा १८ देखि ३२ वर्षसम्मका प्रतियोगीहरुले को सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने सिनियर वर्गका विजयी प्रतियोगीलाई १.०१ लाख नकद राशिसितै विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ।

दोस्रो अनि तेस्रो उपविजेताहरूलाई क्रमैले रुपियाँ ५१,००० अनि ३१,००० नगद राराशिसितै गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ।
यसरी नै जुनियर वर्गका विजयी प्रतियोगीलाई रुपियाँ ५१,०००लगायत गिफ्ट ह्याम्परहरू अनि उपविजेताहरूलाई प्रतियोगीहरुलाई क्रमैले रुपियाँ ३१,००० अनि रुपियाँ ११,००० सहित गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया