पाकिस्तानका हट एन्ड ग्लामरस् फुटबलर

 

विष्णु थापा, अन्नपूर्णपोष्ट-बाट साभार


विश्वमा पुरुष फुटबलले जति चर्चा महिला फुटबलले पाएको छैन। अहिले पनि पुरुषको तुलनामा महिला फुटबल ओझेलमै छ। तर पछिल्लो समय संसारभर एक फुटबल टोलीको चर्चा शिखरमा छ। सामाजिक सञ्जालदेखि अनलाइन, अखबार र टेलिभिजनमा यो टोलीले अनौठो रूपमा चर्चा कमाइरहेको छ। त्यो टोली हो– पाकिस्तानको महिला फुटबल टिम।

पाकिस्तानी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर अथवा टोलीले उल्लेख्य उपलब्धि हासिल गरेका कारण चर्चा कमाएका भने होइनन्। त्यो टोलीले चर्चा कमाउनुको एउटै कारण हो– खेलाडीको सुन्दरता। पाकिस्तानी महिला फुटबलको पछिल्लो टोलीमा युवा खेलाडीको बाहुल्य छ। १५ देखि २४ वर्ष उमेरका खेलाडी ‘हट एन्ड ग्लामरर्स छन्। फुटबल जर्सीमा मैदानमा उत्रिँदा उनीहरूको सुन्दरताले सबैलाई मोहित गराउँछ। खेलाडी हट एन्ड सेक्सी भएकै कारण उनीहरू संसारभर चर्चामा छन्। युवा खेलाडीले भरिएको पाकिस्तानी टोलीमा मेविसा खान मात्रै २४ वर्षकी छिन्। सन् २०११ को महिला साफ च्याम्पियनसिपमा ‘बेस्ट प्लेयर’ बनेकी मेविसा टोलीकी अनुभवी खेलाडी हुन्।

पाकिस्तानी टोलीका खेलाडीलाई बलिउड र हलिउडका हिरोइनसँग दाँज्न थालिएको छ। चलचित्रका कलाकारलाई हलका पर्दामा हेर्न मरिहत्ते गर्नेहरू पाकिस्तानी खेलाडीलाई हेर्न मैदान धाउने गरेका छन्।

कतिपय खेलाडी त यति सुन्दर छन् कि उनीहरूलाई हेर्नै मात्र भने पनि दर्शक मैदान पुग्ने गरेका छन्। तिनैमध्येकी एक हुन्, हजरा खान। २१ वर्षीय हजरा टोलीकी कप्तान हुन्। फुटबल सुन्दरी उनी कराँचीबाट घरेलु फुटबल लिग खेल्छिन्।

पाकिस्तानी फुटबल टोलीकी अर्की सुन्दरी खेलाडी हुन्– साइदा महापारा साहिद। २४ वर्षीया गोलरक्षक साइदाको सुन्दरताको चर्चा विशेष रूपमा हुने गरेको छ। उनलाई एक पटक देख्नेहरू फिदा हुने गरेका छन्। त्यही कारण पनि उनलाई संसारको सबैभन्दा सुन्दर गोलकिपरका रूपमा चर्चा गरिने गरिएको छ। रोस्नेरी महिला फुटबल टोलीबाट घरेलु फुटबल खेल्ने साइदा यसअघि बलुचिस्तान युनाइटेडकी प्रमुख खेलाडी थिइन्।

सन् २००७ मा योङ राइजिङ स्टार क्लबबाट फुटबल सुरु गर्दा डिफेन्डरबाट खेल्ने साइदाले एक वर्षपछि नै आफ्नो पोजिसन परिवर्तन गरिन्। आफू डिफेन्समा कमजोर रहेको थाहा पाएपछि उनले गोलरक्षक बन्ने निर्णय गरिन्। आफ्नो निर्णयलाई अब्बल सावित गरेकी उनले सानै उमेरमा राष्ट्रका लागि १० प्रतियोगिता खेलिसकेकी छन्। ‘द वाल’ को उपमा पाएकी साइदाले आफूले खेलेका १० मध्ये ६ खेलमा टोलीलाई जिताइसकेकी छन्। सन् २००७ देखि २०१३ सम्म योङ राइजिङ स्टार्सबाट घरेलु फुटबल खेलेकी साइदा २०१३ मै अर्को क्लब बलुचिस्तान युनाइटेडमा आबद्ध भइन्। उनले सन् २०१४ मा बलुचिस्तानलाई घरेलु लिग जिताउन महत्र्वपूर्ण भूमिका निर्वाह गरिन्।

बलुचिस्थानमा तीन वर्ष बिताएपछि साइदा अहिले रोस्नेरी फुटबल क्लबमा आबद्ध छन्। उनी चर्चित इटालियन क्लब एसी मिलानको जर्सीमा दुबईमा फुटबल खेल्ने गरेकी छन्। उनले आफ्नै राष्ट्रमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल, भुटान र श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिन्। घरेलु प्रतियोगितामा पाँच पटक उत्कृष्ट खेलाडीको पुरस्कार जितेकी साइदाले सन् २०१० को साफ च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षकको उपाधि जितिन्। सानै उमेरमा फुटबलमा चर्चाको शिखरमा पुग्नुलाई उनले फुटबलप्रतिको लगावका साथै सुन्दरता पनि कारक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएकी छन्।

पाकिस्तानी फुटबल टोलीको प्रमुख सदस्य हुन्, राहिला जरमिन अहमदजायी। २२ वर्षीय जरमिन बलुचिस्तान युनाइटेड फुटबल टोलीको मेनेजर पनि हुन्। पछिल्लो तीन वर्षयता उनी पाकिस्तानी टोलीको मुख्य खेलाडी रहँदै आएकी छिन्। उनलाई संसारका सुन्दर फुटबलरका साथै कुशल व्यवस्थापकका रूपमा लिइन्छ।

पाकिस्तानमा महिला फुटबललाई संस्थागत गर्न महत्र्वपूर्ण भूमिका निभाएकी रुविना इरफानकी छोरी हुन्। आमाकै प्रेरणामा जरमिनले फुटबलमा पाइला चालेकी हुन्। सुरुमा खेलाडीमा मात्र सीमित जरमिनले आमाकै आग्रहमा फुटबल व्यवस्थापन पनि सिकिन्।

पारिवारिक प्रेरणाकै कारण जरमिनले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सहयोगमा मास्टर्स डिग्री गरिन्। फिफाको सहयोगमा मास्टर्स गर्ने उनी पहिलो पाकिस्तानी महिला हुन्। उनले पाकिस्तानका साथै फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँगको सहकार्यमा काम गर्दै आएकी छिन्। उनी सन् २०१५ मा पुरुष टोली इलेक्ट्रिक एफसीको प्रशिक्षकमा नियुक्त भइन्। मुस्लिम देश पाकिस्तानमा पुरुष टोलीलाई सम्हाल्ने जरमिन पहिलो महिला पनि हुन्। यसरी फुटबलको खेलाडी, व्यवस्थापक र प्रशिक्षकमा स्थापित जरमिन सुन्दरताका कारण पनि चर्चामा रहँदै आएकी छन्।

अर्की फुटबलर सल्यला बलोचको सुन्दरताको पनि धेरैले बखान गर्ने गर्छन्। उनी राष्ट्रिय महिला फुटबल टोलीका साथै बलुचिस्तान युनाइटेडको मुख्य खेलाडीको रूपमा रहेकी छिन्।

मुस्लिमहरूको देश पाकिस्तानमा जोयन गेराल्डिने थोमस भने इसाई समुदायबाट प्रतिनिधित्व गर्छिन्। उनी काली भए पनि हिस्सीवाली छिन्। १८ वर्षीय थोमस टोलीकी सबैभन्दा कान्छी खेलाडी पनि हुन्। उनले सन् २०१४ मा १७ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन्। त्यसपछि टोलीको महत्र्वपूर्ण सदस्यका रूपमा आफूलाई स्थापित गरेकी उनलाई पनि पाकिस्तानी महिला फुटबल खेलाडीमध्ये सुन्दरी खेलाडीमा गनिन्छ।

एजेन्सीको सहयोगमा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया