असम प्रकाशन परिषदले छाप्ने नेपाली पुस्तक

असम खबरदाता, 9 मई/2017


असम प्रकाशन परिषदले नेपाली बाल साहित्यको पुस्तक छाप्ने भएको छ। प्रकाशनपक्षका सचिव प्रमोद कलिताले असम नेपाली साहित्य सभाका कार्यकारी सभापति दुर्गा खतिवडा र केन्द्रिय सदस्य डा० कालिदास शर्मा थपलियाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डललाई यो प्रतिबद्धता व्यक्त गरेका हुन्। टोलीलाई उनले शीघ्र नै बाल साहित्यको पाण्डुलिपि बुझाउने परामर्श पनि दिएका छन्।

परिषदका सचिव कलितासित अनेसासका टोलीले पुस्तक प्रकाशनलाई लिएर गरिएको छलफलपछि यो निर्णय लिइएको हो।

टोलीले सचिवसित असमिया-नेपाली शब्दकोश निर्माणबारे कुराकानी गरेको छ। शब्दकोषको निम्ति प्रकाशन विभागले काम थालेको र शीघ्र नै सकरात्मक परिणाम निस्कने पनि सचिवले टोलीसित गरेका छन्। दिसम्बरमा हुने प्रकाशन परिषदको पुस्तक मेलामा सरकारी खर्चमा असम नेपाली साहित्य सभालाई एउटा दुई घण्टाको सङ्गोष्ठी सम्पन्न गराउन प्रकाशनले चाँजो मिलाउने पनि टोलीलाई सचिवले बताएका छन्।

9 मार्चका दिन अनेसासकी उपसभानेत्री निरु शर्मा पराजुली,  मूल सचिव रुद्र बराल र सचिव मदन थापाले कलितासित भेट गरेर नेपाली पुस्तक छापिदिने आग्रह गरेका थिए।  6 मईका दिन मूल सचिव बरालले प्रकाशनकै “मुकुता”-का सह-सम्पादक देवजीत बरालसँग पनि यस बारेमा टेलिफोनिक आग्रह गरेका थिए। देवजित बरालले नै अनेसासका प्रतिनिधिहरूसित प्रकाशन सचिव कलितासँग भेट गर्ने चाँजो मिलाएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन