सिक्किममा भव्य रूपमा हनुमान जयन्ती पालन

गान्तोक,31 मार्च।


सङ्कट मोचन हनुमानका भक्तहरूले भव्यताको साथमा सिक्किमको राजधानी गान्तोकको देउरालीस्थित केदारेश्वर मन्दिरमा हनुमान जयन्ती पालन गऱ्यो। यसैगरि हनुमानटोकमा स्थित प्राचीन हनुमान मन्दीरमा सेनाको 17औं पार्वतीय खण्डद्वारा आयोजित हनुमान जयन्तीमा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिको रूपमा उपस्थिति भएर आरती, हवन र पुजा अर्चनामा भाग लिए।

राजधानीको देउरालीस्थित केदारेश्वर मन्दिर समिति र प्रेम किर्तन मण्डली लाल बजारको संयुक्त आयोजनमा आयोजित हनुमान जयन्तीमा सयौं भक्तहरूले दिनभरि हनुमानको पुजा अर्चना गर्नका साथै भजन किर्तन गरेका थिए। पछिल्लो चार वर्षदेखि केदारेश्वर मन्दिरमा हनुमान जयन्ती पालन गर्न थालिएको हो। यद्यपी यहाँ वर्सेनी भक्तहरूको संख्या वृद्धि भइरहेको आयोजक समितिले बताएको छ। पुजा अर्चना र भजनकिर्तनसितै भक्तहरूको निम्ति दिनभरि भण्डारा मार्फत प्रसाद वितरणको व्यवस्था गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया