अल्पसंख्यक समुदायलाई तृणमूल प्रार्थीको पक्षमा मतदान गर्ने अपील

 शैलेन्द्र समदर्शी, खरसाङ, 9 मई/2017


तृणमूल कङ्ग्रेस समर्थित अल इण्डिया माइनोरिटी अर्गनाइजेशन (एआइएमओ) –ले खरसाङका अल्पसंख्यक समुदायका मानिसहरूलाई सर्वाङ्गीण विकासका लागि आउँदो नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूको पक्षमा मतदान गरी विजयी बनाउने अपील गरेको छ। मङ्गलवार यहाँको दुःख निवारक सम्मेलनको भवनमा सम्पन्न इलेक्शन कन्भेशन एण्ड वार्कर्स मीट –लाई सम्बोधन गर्दै वक्ताहरूले यस्तो अपील गरेको हो।

यो इलेक्शन कन्भेशन एण्ड वार्कर्स मीटलाई एआइएमओ दार्जीलिङ जिल्ला कमिटीले आयोजन गरेको थियो, जसमा एआईएमओ अध्यक्ष नासिर अहमदलगायत अन्य पदाधिकारी उपस्थित थिए। यता, सभा सकिएपछि संवाददाताहरूलाई सम्बोधन गर्दै एआइएमओ प्रमुख नासिर अहमदले तृणमूल कङ्ग्रेस समर्थित अल इण्डिया माइनोरिटी अर्गनाइजेशनले देशभरिका अल्पसंख्यक समुदायका मानिसहरूको हितमा कार्य गरिरहेको बताए।

‘‘राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको विकास कार्यलाई देशभरि रूचाउन थालिएको छ। हामी देशमै ममता ब्यानर्जी ल्याऔं, सबैको समुचित विकास गरौं भन्दैछौं’’’, उनले भने, ‘‘दार्जीलिङ पहाड़का अल्पसंख्यक समुदाय, जो यहाँ मार्जिनालाइज्ड भएर बस्न बाध्य छन्, उनीहरूले आफ्ना विकास र दार्जीलिङ पहाड़मा परिवर्तनका लागि तृणमूल कङ्ग्रेसका प्रार्थीहरूलाई विजयी बनाऊन्। हाम्रो अनुरोध छ, उनीहरूलाई।’’ अहमदले दार्जीलिङ पहाड़ र यहाँका अल्पसंख्यक समुदायहरूको विकास केवल तृणमूल नेत्री एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीबाट सम्भव रहेको दावी पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन