आठ बटालियन क्याम्पका जवानहरूलाई मानव तस्करी सम्बन्धी प्रशिक्षण

मिरिक, 31 मार्च


ओकाईटी स्थित सशस्त्र सीमा बल आठ बटालियन क्याम्पका जवानहरूलाई लिएर कृति संस्थाद्वारा दुई दिवसीय मानव तस्करी सम्बन्धी प्रशिक्षण शुरू गरियो । हालैमा गृहमन्त्री राजनाथ सिंह एवम् बाल तथा महिला केन्द्रीय मन्त्री मेनुका गान्धीद्वारा बढ्दो मानव तस्करी समस्यालाई चिन्ता गर्दै एक विज्ञप्ती जारी गरिएको थियो ।

मानिसहरूलाई सचेत हुन अपिल गरिएको थिए। सारा देश तथा विश्वमा यो समस्या बढ्दै गरेको कारण सबै  सजक हुन आवश्यक छ भन्ने हेतुले यो प्रशिक्षण शुरू गरिएको हो।  बिओपी कमान्डर मोहीरामले शुरू गरेको कार्यक्रममा राम राईले मानव तस्कर सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरे। संस्था तर्फबाट सागर सुब्बा उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया