‘बागी २’ ले तोड्यो पद्मावतको रेकर्ड

नयाँ दिल्ली: भरपुर एक्सन हेर्न पाइने बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ ले बक्स अफिसमा धमाकेदार ओपेनिङ्ग गरेको छ ।

पहिलो दिनको आम्दानीको मामिलामा यस फिल्मले यो साल रिलिज भएका पद्मावत र प्याडम्यानसहित सबै फिल्मलाई पछारिदिएको छ ।

यस फिल्मले घरेलु बक्स अफिसमा कुल २५ करोड कमाई गर्न सफल भएको छ । जुन यो वर्ष रिलिज भएका सबै फिल्मको भन्दा धेरै ज्यादा हो । बलिउड बजार एनालिस्ट तरण आदर्शले यस फिल्मको आम्दानीको आँकडा सार्वजनिक गरेका हुन् ।

यो वर्ष रिलिज बलिउड फिल्मको पहिलो दिनको कमाइ

बागी २- २५ करोड

पद्मावत-१९ करोड (एक दिन पहिले हुने शोसहित २४ करोड)

प्याडम्यान १० करोड

रेड – १०.०४ करोड

सोनु के टिटु की स्वीटी- ६.४२ करोड

यसका साथै तरन आदर्श ‘टाइगर ज़न्दा है’ र ‘बागी २’ जस्त फिल्ममा एक्सन मसाला फिल्मको ट्रेन्ड कहिलै समाप्त हुँदैन ।

‘बागी २’ लाई विश्वभर ४१२५ स्क्रिनमा रिलिज गरिएको छ । यसलाई भारतमा ३५०० र ओभरसिजमा ६२५ हलमा देखाइएको हो । यसका बाबजुद फिल्मको आम्दानीलाई उत्कृष्ट मानिएको छ ।

यो फिल्म सन् २०१६ को हिट फिल्म ‘बागी’ को सिक्वेल हो । जसले बक्स अफिसमा शानदार कमाई गरेको थियो । ‘बागी’ मा टाइगर श्राफ र श्रद्धा कपुर मुख्य भूमिकामा थिए । ‘बागी २’ मा टाइगरसँगै दिशा पटानी मुख्य भूमिकामा छन् । दुवै कलाकार पहिलो पटक ठुलो पर्दामा एकसाथ देखाइएको छ ।-अन्नपूर्ण

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया