तृणमूल समर्थित प्राइमेरी भोलेन्टियर टिचर अर्गनाइजेसन गठन

मिरिक, ३१ मार्च


तृणमूल कङ्ग्रेस समर्थित प्राइमेरी भोलेन्टियर टिचर अर्गनाइजेसन गठन गरिएको छ। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीको अध्यक्षता अनि युवा महकुमा अध्यक्ष अनि मिरिक कलेज गर्वनिङ बडीका अध्यक्ष सोबन घिसिङको उपस्थितिमा भएको सभामा भोलेन्टियर प्राइमेरी टिचर्सहरूले भोग्न परेका विविध बिषयहरूमा चर्चा भयो।

मिरिक क्षेत्रका लगभग एक सय प्राइमेरी भोलेन्टियर शिक्षकहरू उपस्थित रहेको सभाले एउटा कमिटी पनि गठन गरेको छ । जसमा अध्यक्ष प्रविण शङ्कर ,उपाध्यक्षहरू सृजना गुरूङ,नयल सुब्बा,सह सचिवहरू स्वार्णिमा विश्व,सृजना राई, सचिव बिनाेद शर्मा ,कोषाध्यक्ष लीना राई,प्रचार सचिवहरू सुविना राई,मणि गुरूङ, प्रमुख सल्लाहकारहरू पाङदेन लेप्चा ,जितेन गुरूङ, प्रिया गुरूङ, चाँदनी देवानलाई चयन गरिएको छ।

नव गठित कमिटिका अध्यक्ष प्रवीण शङकरले सङ्गठनले शिक्षकहरूको नियुक्ति र अन्य हक र अधिकारकोलागि सक्रिय कार्य गर्ने प्रतिबद्धता प्रकट गरेका छन्। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले शिक्षकहरूको समस्या समधान गरिने बिषयमा जोर दिएको सभामा युवा अध्यक्ष अनि मिरिक कलेज गवर्निङ बडीका अध्यक्ष सोबन घिसिङले पहाडको शैक्षिक बिकासमा जोर दिँदै प्राथमिक शिक्षामा प्राथमिक शिक्षकहरूको योगदानबारे बताए। तिनले भोलेन्टियर प्राइमेरी शिक्षकहरूको हितमा कार्य गर्ने आश्वसन दिँदै सङ्गठनलाई बलियो बनाएर बस्ने आव्हान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया