स्व. सुवास घिसिङ मार्ग 1 अप्रेलदेखि टोल ट्याक्स फ्रि

दार्जीलिङ, 31 मार्च


एक अप्रेलदेखि स्व. सुवास घिसिङ मार्ग (रोहिणी रोड) टोल ट्याक्स मुक्त हुनेछ। जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सले लिएको निर्णयअनुसार भोलिदेखि उक्त सड़क मार्ग भएर चलाचल गर्ने कुनै पनि वाहनले उक्त मार्गको निम्ति टोल ट्याक्स तिर्नु पर्नेछैन।

‘रोहिणी मार्ग हालमा दार्जीलिङलाई समतलसित जोड़्ने प्रमुख मार्ग भएको छ। यसबाहेक यस मार्गको रमनीयतालाई ध्यानमा राखेर पर्यटकहरू पनि यही मार्ग भएर दार्जीलिङ पहाड़ चड़्न चाहन्छन्,’ जीटीए बिओए विनय तामाङले भने, ‘यसैले पनि उक्त मार्गलाई व्यापार या फायदाको रूपमा हेर्नुभन्दा धेर दार्जीलिङ पहाड़को गरिमाको रूपमा पनि हेर्नु आवश्यक रहेको छ।’

जीटीएले रोहिणी रोडलाई स्व. सुवास घिसिङ मार्ग बनाएको छ। ‘दार्जीलिङ पहाड़को एक प्रतिष्ठित राजनैतिक व्यक्तित्त्वको नामाकरण गरिएको मार्गमा टोल ट्याक्स उठाउनु हास्याँस्पद देखिन्छ,’ तामाङले भने, ‘यसैले कुनै राजनैतिक पूर्वाग्रह वा वैरभाव नराखी पनि स्व. सुवास घिसिङको सम्मानमा पनि उक्त मार्गलाई टोल ट्याक्स मुक्त गर्ने निर्णय लिएको हो।’
 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया