आयो दुई दिने जिन्दगानी

विज्ञापन

खरसाङ, ३१ मार्च


खरसाङमा शनिबार लोक आधुनिक गीतहरुका सङ्गालो ‘दुई दिने जिन्दगानी’ लोकार्पित भयो। यहाँको सुवेदार बस्तीस्थित सार्वजनिक भवनमा एउटा समारोहबिच मुख्य अतिथि समाज सेवक टी.टी. लामा, सभाध्यक्ष सञ्जय छेत्री लगायत गायकहरु रुवाज लामा,मिक्मा लामा, पङ्कज लामा, गायिका मनिषा छेत्री र शब्दकार हेम सुब्बाको बाहुलीबाट गीति एल्बमको लोकार्पण गरिएको हो।

दुई दिने जिन्दगानी- मा शब्द हेम सुब्बाको, स्वर रिवाज लामा, मिक्मा लामा, पङ्कज लामा र मनिषा छेत्रीको रहेको छ। यस एल्बमका निर्माता मिक्मा लामाले हुन् भने सङ्गीत लय हेम सुब्बा र रिवाज लामाको अनि सङ्गीत संयोजन ब्राइन करको रहेको छ।

कार्यक्रमलाई सन्तोष तामाङले सञ्चालन गरेका थिए। प्रमुख अतिथिको रुपमा उपस्थित समाज सेवक टी.टी.लामाले नव प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्न पर्ने बताउँदै ४० प्रति एल्बम आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन दिए।

सभाध्यक्ष सञ्जय छेत्रीले एल्बम निकाल्ने सबैलाई बधाई दिँदै नव कलाकारहरुलाई सहयोग र प्रोत्साहन गर्न पर्ने बताए। यस लोक आधुनिक गीति एल्बममा जम्मा ६ वटा लोक अनि आधुनिक गीतहरु समावेश गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया