मिरिकको पुष्प प्रतियोगितामा पोख्रेबुङले जित्यो पहिलो र तेस्रो पुरस्कार

सुके-पोख्रेबुङ, 31 मार्च


दार्जीलिङ युनाइटेड फ्लोरिकल्चर मल्टिप्रोप्रोज सोसाइटीको तत्वाधानमा मिरिकमा आयोजना भइरहेको पुष्प प्रदर्शनीमा दार्जीलिङ ग्रीन लोयनम अर्किड सोसाइटी पोख्रेबुङले पहिलो तथा तेस्रो पुरस्कार प्राप्त गरेको सोसाइटीका प्रवक्ता प्रविण ओझाले जानकारी दिएका छन् । पछिल्लो केही दशकअघि अर्किड भ्याल्ली भनेर मानिएको पोख्रेबुङ नागरी क्षेत्रमा भाइरस लागेर अर्किड निमिट्यान्न भएपछि अर्किड रोप्न छाड़ेका उत्पादकहरू केही वर्ष यता पुन: यस खेती तर्फ अग्रसर बनेका छन् ।

क्षेत्रका उत्पादकहरूलाई लिएर गठन गरिएको ग्रीन लोयनम अर्किड सोसाइटीका फूल उत्पादकहरूले मिरिकको फूल मेलाको अर्किड प्रदर्शनीको 15 पट क्योटोगोरीमा पहिलो र तेस्रो पुरस्कार प्राप्त गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया