पहाडका यी सम्पदाहरूले पायो ‘हेरिटेज’-को दर्जा, यस्तो छ यी धरोहरहरूको विशेषता (हेर्नुहोस् भिडियो रिपोर्टसितै)

 कालेबुङ, 31 मार्च।


कुनै पनि जाति, समाज र राष्ट्रको अस्तिवको पहिचान गराउने चिजहरू भनको त्यस क्षेत्रका धार्मिक, सांस्कृतिक ऐतिहासिक एवं समाजिक सम्पदाहरू नै हुन्। दार्जीलिङ पहाडको प्रमुख सम्पदाहरूमध्ये डाक्टर ग्राहाम्स होम्सस्थित क्याथरिन ग्राहम मेमोरियल च्यापल, गौरीपूर हाउस, चित्रभानु, दालिमगडी अनि दामसाङगडीसितै खरसाङको गिद्देपहाडस्थित शरतचन्द्र बोस हाउसलाई हेरिटेज कमिशनले हेरिटेजको दर्जा दिइने भएको छ।

हेरिटेज कमिसनले यसको निम्ति एउटा नोटीफिकेसन नै जारी गरेको छ। जुन नोटिफिकेसनको आधारमा कालेबुङको चारवटा अनि अन्य विभिन्न स्थानका 9 वटा गरेर कूल 13 वटा स्थानलाई हेरिटेजको दर्जा दिने भएको हो। राज्यभित्रका 13 वटा प्रस्तावित हेरिटेज स्थानहरूमध्ये 4 वटा स्थान कालेबुङलाई दिइनु ठूलो कुरा मान्न सकिन्छ। हेरिटेज कमिशनले हेरिटेजको दर्जी दिनलागेका कालेबुङका केही धरोहरूहरूको विशेषता यस्तो छ-हेर्नुहोस् भिडियो रिपोर्ट-

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया