सैयौं नारीहरूको उपस्थितिमा मिजोराममा नारी दिवस

 मिजोराम, 31 मार्च


अल मिजोराम नारी फाउन्डेसनको आयोजनामा भइरहेको विविध कार्यक्रमसहितको नारी दिवसको हिजो एक कार्यक्रमबीच मिजोरामको राजधानी आइजोल शहरस्थित मेलिनियम सेन्टर पार्कमा विविध साँस्कृतिक कार्यकमको साथमा समापन गरियो।
सम्पूर्ण नारी एक हुन् तथा अनेकतामा एकता भन्ने नारालाई शिरोपर गरिएको कार्यक्रममा समाजका विभिन्न स्तरका गोर्खा,मिजो लगायत विभिन्न जातिका लगभग ३०० नारीहरु  प्रतिनिधिको रूपमा उपस्थित थिए भने पार्कभरि दर्शकहरुको भिड थियोे।
प्रोफेसर लालनेइजोभीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा गोर्खा नारी समाजको नृत्यमा आइजोल शहर समेत जाम लागेको थियोे।

जबसम्म समाजमा नारीको सम्मान गरिँदैन तबसम्म समाज सुधारका पहल हुन नसक्ने तथा हरेक क्षेत्रमा अहिले नारी सक्षम रहेको तथा विकासका हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने विभिन्न समाजका प्रतिनिधिहरुले बताए।  स्टेट रिसोर्सकी संयोजिका समेतले नारीको विकास तथा सुरक्षाबारे बोलेकी थिइन्। लगभग दिनभर चलेको कार्यक्रममा मिजोराम बिरु वेलफर फाउन्डेसनबाट नृत्य तथा मिजोराम विश्वविद्यालयका पत्रकारिताका विद्यार्थीले एकांकी नाटक समेत प्रस्तुति गरेको आइजोलका कवि तथा गोर्खा समाजकी संयोजिका  लक्ष्मी मिनुले बताएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन