बिजनबारीमा प्रतिभाको खोजीको अडिसन : १४५ गायक, १४५ नृत्यकारले गरे अंशग्रहण

सञ्जय निरौला, बिजनबारी, 31 मार्च


पुलिसले केवल अपराधीलाई दण्ड दिन बाहेक समाज सुधारको निम्ति धेरै कामगर्न सक्छ भन्ने सन्देस दिन पहाडभरिका नवोदित कलाकारहरुलाई मञ्च प्रदान गर्न  प्रतिभाको खोजी कार्यक्रम गरिरहेको छ।  बिजनबारी तथा वरिपरिका स्थानका कलाकारहरूको अडिसन आज बिजनबारी सरकारी महाविद्यालय परिसरमा व्यापक प्रतियोगीको साथमा गरियो।
बिहानदेखि शुरू भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरु उत्साहित  थिए। अडिसन भोलिसम्म चल्नेछ। आजको अडिसन जुनियर स्तरमा नृत्य तथा गायनको लागि गरिएको थियो। आज जम्मा १४५ गायक तथा १४५ नृत्यकारहरुको  मात्रै  अडिसन गर्न सकिएको थियोे। भोलि रहल जुनियर तथा सिनियर प्रतियोगीहरुको अडिसन हुनेछ। पुलबजार थानामा जम्मा ५७४ प्रतियोगीले फारम भरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया