मिरिकमा पनि अडिसन

मनोहर शर्मा ,मिरिक, ३१ मार्च


दार्जीलिङ पुलिसद्वारा प्रतिभाहरुको खोजी अाज शनिबारबाट शुरु भयो । राइजिङ स्टारको बन्ने हुन्, त्यसको खोजी शुरु भयो । शनिबार मिरिकमा यहाँको अलग अलग ठाउँमा पहिलो चरणको अडिसन गरियो । अडिसन गायन अनि नृत्यमा गरियो । दुवै अडिसन जुनियरवर्ग अनि सिनियरवर्गको अलग अलग गरियो । प्राप्त जानकारी अनुसार पहिलो चरणको अडिसन अाइतबार पनि सम्पन्न हुनेछ ।

मिरिकमा मात्र जुनियर अनि सिनियर दुवै वर्गमा ६ सय भन्दा अधिक प्रतिभागीहरु रहेको अायोजक दार्जीलिङ ( मिरिक ) पुलिसले जनाएको छ । पहिलो चरणको अडिसनमा सिनियर जुनियर दुवै वर्गका कलाकारहरु अाअाफ्ना अभिभावकहरुसंग अाएका थिए । प्रतिभागीहरुमा उत्साह र जागर देखिएको थियो भने दार्जीलिङ पुलिसको यो प्रयास सहभागी हुन अाउनेहरुको भीडले सफल पारिरहेको देखियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया