चारैतिर टाइगरैटाइगर

Girl in a jacket

बलिउड बक्स अफिसमा ‘बागी–२’ ले यतिबेला धूम मच्चाएको छ । सस्पेन्स, थ्रिलर र एक्सनले भरिपूर्ण फिल्म बागी–२ ले दुई दिनमै ४५ करोड भारु कमाई गरेपछि फिल्मका नायक टाइगर श्राफको सबैतिर चर्चा बढेको छ ।

हिरोपन्थीबाट बलिउडमा डेब्यू गरेर यी २७ वर्षीय अभिनेताको फिल्मले सय करोड कमाउनेमा विश्वस्त छन्। साजित नाडियाडवालाले निर्माण गरेको यो फिल्ममा दिशा पटानीले समेत अभिनय गरेकी छिन्।

बलिउड बजारको चर्चाको शिखरमा पुगेको यिनै टाइगर श्राफबारे जानकारीहरु हामीले प्रस्तुत गरेका छौँ।

टाइगर श्राफ बलिउडका चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्। उनको वास्तविक नाम टाइगर श्राफ नभएर जयहेमन्त श्राफ हो। टाइगर नामलाई उनलाई ज्याकीले दिएका हुन्। उनको जन्म २ मार्च सन् १९९०मा भएको थियो। टाइगरको कृष्णा नाम गरेकी बहिनी छिन्।

टाइगर श्राफले मार्सल आर्ट सिकेका छन्। अभिनयबारे उनले कहिल्यै सोचेका थिएनन्, तर उनको करिअर बुवा जस्तै बलिउडमै भयो। उनी धेरै नै ट्यालेन्टेड छन्। उनमा मार्सल आर्ट, जिम्नास्टिक र नृत्य सम्बन्धि खुबी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अभिनयमा आउनुअघि श्राफ मोडल एन्जिला जोनशनसँग अफेयरमा थिए। टाइगरले उक्त विषयलाई खण्डन गरेका थिए। टाइगरको प्रेमिका ‘बागी–२’की नायिका दिशा पटानी रहेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ।
बलिउड अभिनेत्री सोनम कपुर टाइगरको बेस्ट फ्रेण्ड हुन्। उनीहरुले एउटै विद्यालयमा पढे र बच्चैदेखिको साथी बने। यी दुवैको अनस्क्रिन रोमान्स फिल्म बागी हो। सन् २००९ मा उनलाई टिभी प्रस्तोताको रुपमा आएको अफर रिजेक्ट गरेका थिए। फौजी नामक टिभी सोको लिड रोलका लागि उनलाई अफर आएको थियो।

टाइगर श्राफ बुवाको एउटा कुरामा मात्र ईष्या गर्छन्। एउटा हिरोमा चाहिने सम्पूर्ण गुणहरु उनमा छ। उनलाई एउटै कुराको मात्र अपसोच छ कि उनको उचाई बुवा ज्याकीको जति छैन।
टाइगरको उचाइ ५ फिट ९ इन्च छ भने उनको बुवाको उचाइ ६ फिट छ।-कान्तिपुर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया