रुइतलाई भारतको पद्मश्री सम्मान

दिल्ली, 3 अप्रेल


राष्ट्रपति रामथान कोविन्दको बाहुलीबाट नेपालको चर्चित तीलगङ्गा नेत्रालयका नेत्र शल्यचिकित्सक डॉ. सन्दुक रुइतलाई भारत सरकारले प्रदान गर्ने दोस्रो दर्जाको सर्वोच्च नागरिक सम्मान पद्मश्रीले सम्मानित गरिएको छ। सोमबार नयाँ दिल्लीमा उनलाई राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गरेको हो।

उनले अहिलेसम्म मोतीबिन्दुको शल्यक्रिया गरेको 90 प्रतिशत रोगी ठीक भएका छन् भने हप्तामा उनले 25 सय बिरामीलाई चिकित्सा सेवा प्रदान गर्ने गर्छन्। अहिलेसम्म एक लाखजनाले दृष्टि पाएका छन्। उनी नेपालको चर्चित तीलगङ्गा नेत्रचिकित्सा संस्थानका संस्थापक हुन भने उनले भारतको एआइआइएमएसमा डाक्टरी शिक्षा प्राप्त गरेका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 mr.[email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन