मानव तस्करीबारे जनचेतना

रेलिङ, 4 अप्रेल


रेलिङ ग्राम पंचायतको आयोजनामा अनि रेलिङ उच्चत्तर माध्यमिक विद्यालयको सहयोगमा मानव तस्करीबारे सचेतना कार्यक्रम रेलिङ विद्यालयको खेल मैदानमा सम्पन्न भयो। मानव तस्करीबारे कञ्चनजङ्घा उद्धार केन्द्रका प्रतिनिधिहरु  मिलन छेत्री, शीतल सुब्बा अनि चाईल्ड लाइन खरसाङका प्रतिनिधि सञ्जय प्रधानले विस्तृत रुपमा उपस्थित जनसमुहलाई बताए।

रेलिङ उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक  आर०पी० गुरुङले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिजनबारीका खण्ड विकास अधिकारी  कौशिक ब्यानर्जी उपस्थित थिए भने विशिष्ट अतिथिहरुको रुपमा संयुक्त खण्ड विकास अधिकारी श्री छिरिङ युडेन भोटिया,मत्स्य सम्प्रसारण अधिकारी  शारदा शाह (सेवा), सर्व शिक्षा सम्प्रसारण अधिकारी मरीना सुब्बा, पुलबजार थाना प्रभारी भूषण छेत्री, सह-प्रभारी सुनील तामाङ उपस्थित थिए। कार्यक्रममा रेलिङ भेकका विभिन्न सङ्घ संस्थाका सदस्यहरु,विद्यालय,आगनबाडी कर्मी,शिक्षक शिक्षिकाहरुको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत भाषण पञ्चायत सचिव प्रभात सेवाले राखे भने कार्यक्रम सञ्चालन पञ्चायत कर्मी  निमेष सुब्बाले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares