शोपियामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर फयाजको हत्या

एजेन्सी श्रीनगर, 10 मई।


जम्मू-कश्मीरमा आतङ्की गतिविधि केही दिनयता बढ़्दै गएको छ। उपत्यकामा प्रतिदिन आतङ्की घटना प्रकाशमा आएको छ। यस्तै ताजा आतङ्की घटना यहाँको शोपिया जिल्लामा घटेको छ। रिपोर्टअनुसार शोपिया जिल्लामा सेनाका डाक्टर लेफ्टिनेन्ट उमर फयाजको शव भेटिएको छ। लेफ्टिनेन्ट फयाजलाई कुलगामबाट अपहरण गरी हत्या गरिएको आशङ्का गरिएको छ। फयाजको शरीरमा गोलीको निशान पाइएको छ। यो हत्या आतङ्कीहरूले गरेको सेनाले बताएको छ।

बुधवार बिहानै यी सैन्य अधिकारीको शव भेट्टाइएको हो। बुधवार सुबह 6 महीनाअघि मात्र सेनामा भर्ती भएका लेफ्टिनेन्ट उमर फयाज मङ्गलवार शोपियामा एक विवाह समारोहमा गएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन